- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल बिजयी भएका छन् । उनी बीसहजार जेसिजका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए । खनालले १०९० ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दि लालमणी भण्डारीले ५१२ मत ल्याए ।
कार्यकारिणी उपाध्यक्षमा सुमन कृष्ण श्रेष्ठ,भोजराज चापागाइ,अरूणकुमार दाहाल, शिबप्रसाद भुसाल निर्वाचित भए । त्यस्तैगरी राष्ट्रिय उपाध्यक्षमा रजनी थापा, कल्पना पाण्डे, बिमल ज्ञवाली, राजन गौतम, पायल शर्मा, गौतम शाह लगायत छन् ।
पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमा भएको ४७औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाले उम्मेदवारी दर्ता गरेका थिए । महासचिवमा विकास मानन्धर, कोषाध्यक्षमा फडिन्द्र चापागाइ र कानुनी सल्लाहकार गोकुल सापकोटालाई अध्यक्ष खनालले मनोनित गरेका छन् । ती पदमा अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ ।
भलबारी जेसिजको आतिथ्यतामा भएको महाधिवेशनशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गरेका थिए ।
महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लागि निर्वाचन भएको हो । वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना,कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको थियो ।