arrow

रेलमा सरकारको यो वर्षको योजना के छ ?

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
Bbbullet-train.jpg.jpeg
काठमाडौं । सरकारले यो वर्षमा रेलको विकासको लागि के–के काम गर्ला ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बचपनको रेल चढ्ने सपना नेपालमा पूरा हुन नसकेको यथार्थ अरूले भोग्नु नपर्ने दाबी गर्दै यो वर्षको लागि रेल मार्गविस्तारको शीर्षकमा सरकारले आवश्यक लगानी गर्ने बताईरहँदा यो वर्ष रेल विकासको लागि कति काम हुन्छ त ? यो भने आगामी आर्थिक वर्षको अन्तिमसम्म कुर्नुपर्ने देखिन्छ । तर सरकारले आर्थिक वर्ष २०७३÷७४ मा रेल विस्तारको कामको लागि बनाएको योजनामा भने एक वर्षमा मात्रै ३ हजारलाई रोजगारी दिनेगरी काम अगाडि बढाउने लक्ष्य सरकारले लिएको छ ।
 
आर्थिक वर्ष २०७२÷७३ आर्थिक वर्षमा सरकारले लक्ष्य लिएर पनि सम्पन्न हुन नसकेका केही कामहरू सरकारले अहिलेको वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको हो भने यसमा केही थप पनि रहेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार अघिल्लो वर्ष सरकारले सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि अहिलेसम्म सुरू नभएको ट्रयाक निर्माणको काम यो वर्ष ५ किलोमिटर सम्पन्न गर्ने योजना छ । 
 
अघिल्लो वर्ष एक किलोमिटर पनि स्तरोन्नती हुन नसकेको रेलमार्गको पनि यो वर्ष ४२ किलोमिटर स्तरोन्नती गर्ने लक्ष्य सरकारले लिएको छ । जुन आगामी ३ वर्षमा विस्तार गर्दै ८२ किलोमिटर पु¥याईने सरकारको लक्ष्य छ । 
 
त्यस्तैगरी, अघिल्लो वर्ष २ सय २९ हेक्टर जग्गा अधिग्रहण भएकोमा यो वर्ष थप १ सय ३५ हेक्टर जग्गा अधिग्रहण गरिने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । जुन काम आगामी तीन वर्षसम्म ८ सय ७०हेक्टर पु¥याउने लक्ष्य रहेको आयोगको वार्षिक विकास कार्यक्रममा उल्लेख छ । 
 
मेट्रो रेलको लागि यो वर्ष ७८ किलोमिटरको डिपीआर प्रतिवेदन तयार पार्ने कूल रेलमार्गको लागि मेट्रोरेल बाहेक मात्रै २ सय ९२ किलोमिटर रेल मार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने लक्ष्य सरकारले लिएको छ । आयोगकै प्रतिवेदन अनुसार यो वर्ष मात्रै सरकारले ३ सय ७२ किलोमिटरको डीपीआर प्रतिवेदन तयार पारिसकेको छ ।
 
यसको दायरा बढाएर आगामी तीन वर्षमा सरकारले १२ सय २६ किलोमिटर पु¥याउने लक्ष्य लिएको आयोगले जनाएको छ । यी सबै क्षेत्रको कूल जनशत्तिः जोड्दा अहिलेको वर्ष ३ हजार र आगामी तीन वर्षमा ११ हजार जनाले रोजगारी पाउने पनि सरकारले आकलन गरेको छ । 
 
कुनकुन क्षेत्रमा हुन्छ रेल मार्गको विकास ? 
 
सरकारले यो वर्ष केही सीमित क्षेत्रमा मात्रै रेल विकासको लागि योजना पारेको जनाएको छ । यो आर्थिक वर्षमा सम्पन्न हुने गरी सरकारले बर्दिबास–सिमरा रेलमार्ग अन्तर्गत ३० कि.मी. लम्वाईमा निर्माणको निरन्तरतादिने तयारी गरेको छ । त्यस्तै, बर्दिबास–काकरभिट्ठा (२९२ कि.मी.) तथा बुटवल–गड्डाचौकी (४०६ कि.मी.) खण्डको विस्तृत आयोजना प्रतिवेदन तयारी गर्ने, निजगढ–हेटौडा–भरतपुर खण्डको सम्भाव्यता अध्ययन तयारी, १ सय ३५ हेक्टर थप जग्गा अधिग्रहण गर्ने तयारी गरिएको योजना आयोगले जनाएको छ ।
 
अहिलेसम्म केके भयो रेलमा काम ? 
 
पछिल्लो पटक सरकारले आ व ०६६।६७ मा कुल ६९५१ करोड लागतमा रेल सेवाको विस्तार कार्य सुरूवात गरेकोमा आजसम्म आईपुग्दा जम्मा २ सय २९ हेक्टर जग्गा अधिग्रहण तथा ३ सय ७२ कि.मी. विस्तृत आयोजना प्रतिवेदन तयार भएको योजना आयोगको तथ्याङ्कले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ