arrow

ओलीको हर्कतले संविधान अन्योलग्रस्त रहेको हाम्रो दाबी सही साबित : मन्त्री साह

संसद् विघटनको सिफारिस दुर्भाग्यपूर्ण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष ५ आइतबार
sailendra-saha.jpg

धनुषा । संसद् विघटनको सिफारिस स्तब्धकारी र दुर्भाग्यपूर्ण रहेको भन्दै प्रदेश नम्बर दुईका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आपत्ति जनाएका छन् ।

संघीय सरकारका मुखियाको सर्वसत्तावादी नियत र व्यवहारका कारण देशमा राजनीतिक–वैचारिक स्तर स्खलित भइरहेका बेला असंवैधानिक ढंगले संसद् विघटन प्रयासबाट राज्यसञ्चालनको केन्द्रीकृत र एकात्मक मानसिकता उदांगो भएका मन्त्री साहले आइतबार हाम्राकुरालाई बताए ।

मन्त्री साहले भने ,'प्रधानमन्त्री केपी ओली यस्तो हर्कतबाट संसारकै उत्कृष्ट संविधान भनेर दाबी गरिएको अहिलेको संविधान अपूर्ण, अस्पष्ट र अन्योलग्रस्त रहेको हाम्रो दाबी सही साबित भएको छ ।'

पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमले प्रतिगमन पक्षधर र पुनरुत्थानवादीहरूलाई कुचेष्टा गर्न अवसर दिन सक्छ भन्ने कुरामा सतर्क रहँदै अहिलेको असहज, असमान्य र असाधारण परिस्थितिमा सबै लोकतन्त्रवादीहरूलाई एकजुट भई ठोस निष्कर्षका आधारमा अघि बढ्न मन्त्री साहले आग्रह गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ