अञ्जुको गीतमा प्रेम वियोगान्त: भिडियोमा देखियो प्रेमीको बेहाल


प्रकाशित

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैंले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार हिराकाजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । 

लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको गीतको भिडियो काठमाडौं उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।

मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ । गौरव गिरीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।


प्रतिक्रिया :

नयाँ