arrow

कोपा अमेरिका: १५ पटकको बिजेता उरुग्वे भेनेजुएलासँग पराजित

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
Copa_Ven_Uru.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फटबल प्रतियोगिता अन्तर्गत समुह 'सी'को खेलमा भेनेजुएलाले उरुग्वेलाई पराजित गरेको छ। आज विहान भएको समूह ‘सी’को खेलमा भेनेजुएलाले कोपा अमेरिकाको सर्वाधिक विजेता उरुग्वेविरुद्ध १–० को सनसनीपूर्ण जित निकालेको हो । 
 
खेलको ३६औं मिनेटमा भेनेजुएलाका होसे सालोमोन रोण्डोनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उक्त गोल नै १५ पटकको बिजेता उरुग्वेलाई पराजित गर्न पर्याप्त रहेको थियो। 
 
उरुग्वेन स्टार लुइस सुआरेज बेन्चमा रहेको फाइदा उठाउँदै भेनेजुएलाले खेलमा कब्जा जमाएको हो ।  उरुग्वेले गोल गर्ने थुप्रै अवसर गुमायो । उरुग्वेका कयौं प्रहार भेनेजुएलाका किपरले निस्तेज पारिदिए । कोपा अमेरिकामा सर्वाधिक १५ पटक च्याम्पियन बनेको उरुग्वेले पछिल्लो पटक सन् २०११ को उपाधि जित्दा भेनेजुएला चौथो स्थान सम्म पुगेको थियो । 
 
यसअघि मेक्सिकोसँग पराजित उरुग्वेको २ खेलमा कुनै अंक छैन् भने भेनेजुएलाको २ खेलमा २ जीतसँगै ६ अंक रहेको छ।भेनेजुएला दो्सरो चरणमा प्रवेश गरेको छ। 
 
मेक्सिको र जमैका बिचको खेलमा मेक्सिको पराजित भएको खण्डमा उरुग्वेको दो्सरो चरणमा जाने संभावना रहनेको छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ