काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समुह 'सी'को खेलमा मेक्सिकोले जमैकालाई २-० गोलले पराजित गरेको छ।
खेलको १८औं मिनेटमा जावियर हर्नान्डेजले गोल गर्दै मेक्सिकोलाई १-०को अग्रता दिलाएका थिए। त्यसैगरि ८१औं मिनेटमा मेक्सिकोका ओरिब पेराल्टाले गोल गर्दै खेल २-० बनाएका थिए। दुवै तर्फबाट थप गोल हुन नसक्दा मेक्सिकोले खेल २-०ले जितेको थियो।
मेक्सिकोको लगातार दोस्रो बिजय पछि १ खेल बाँकी छँदै यो समुहबाट मेक्सिको र भेनेजुएला दोस्रो चरणमा प्रवेश गरेका छन्।
दुई खेलबाट ६ अंक बटुल्न सफल मेक्सिको र भेनेजुएला दोस्रो चरणमा प्रवेश गरेका छन्। यो समुहमा जमैका र उरुग्वेले दुई केलमा कुनै पनि अंक जोड्न सकेका छैनन्। समुहमा अब सबै टोलीको १-१ खेल मात्र बाँकी रहेको छ।