arrow

युरो २०१६: फ्रान्सको बिजयमा तगारो बन्ला रोमानिया ?

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
Euro_France_Romania.jpg.jpeg
काठमाडौं। फ्रान्सले आयोजना गर्ने युरो फुटबल २०१६को उद्घाटन खेलमा समुह 'ए'बाट आयोजक फ्रान्स र रोमानिया भिड्दैछन्। 
 
१६ राष्ट्रबाट बढाएर २४ राष्ट्र सम्मिलित हुने यसपालीको युरोमा धेरै नयाँ र साना टोलीहरुले दोस्रो चरणको अनुभव गर्न पाउने छन्। 'राउण्ड अफ सिक्सटिन' दोस्रो चरण हुने हुनाले १६ वटा टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। २४ टोलीमा ८ वटा टोली मात्र पहिलो चरणबाट बाहिरिने छन्। 
 
युरो २०१६मा पाँच टोली पहिलो पटक सहभागी हुँदैछन्। वेल्स, अल्बानिया, आइसल्याण्ड, उत्तरी आयरल्याण्ड र स्लोभाकिया पहिलो पटक सहभागि हुँदैछन्। त्यसैगरि पुर्व बिजेताहरुमा नेदरल्याण्ड, डेनमार्क र ग्रीस युरो २०१६मा छनौट हुन सकेनन्। विश्वकप २०१४मा तेस्रो भएको नेदरल्याण्ड छनौट नहुँदा फुटबलप्रेमीहरु अचम्भित भएका छन्।
 
उद्घाटन खेलमा बिजयी शुरुवात गरेर फ्रान्स आफ्नो युरो  २०१६को सुखद शुरुवात गर्न चाहान्छ भने छनौट चरणमा कुनै पनि खेल नहारेर युरो २०१६मा छनौट भएको रोमानिया आफ्नो पक्षमा नतिजा ल्याउन सक्ने संभावना बोकेको टोली हो। 
 
दुवै टोली युरोमा २ पटक आमने सामने भएका छन्। दुई खेलमा एक खेल फ्रान्सले जितेको छ भने १ खेल बराबरीमा सकिएको थियो। सन् १९९६को युरोमा फ्रान्सले रोमानियाालई १-० गोलले पराजित गरेको थियो भने सन् २००८को युरोको भिडन्त गोल रहित बराबरीमा सकिएको थियो। 
 
रोमानियाकालागि बराबरी गर्न सक्नु पनि सुखद नतिजा हुनेछ। समुहमा रहेका अरु टोली अल्बानिया र स्विजरल्याण्डलाई हराउन सके दोस्रो चरणमा पुग्न सकिने रोमानियाले आंकलन गरेको हुनुपर्छ। 
 
फ्रान्सकालागि आफ्नो घरेलु मैदानमा जीत बाहेक अरु नतिजा निराशाजनक हुने पक्का रहेको छ। फ्रान्स कपको दावेदारी प्रस्तुत गरिरहेको टोली हुनाले पहिलो खेलमा हुने जीतले टोलीको मनोबल उच्च राख्ने कुरा उल्ले भुल्न सक्दैन्। 
 
फ्रान्स
विश्व फुटबलमा बलियो नाम हो फ्रान्स । उसले युरोकपको उपाधि २ पटक जितिसकेको छ भने सन् १९९८ मा भएको विश्वकपमा घरेलु मैदानमै ब्राजिललाई हराउँदै पहिलो पटक उपाधि उचालेको थियो ।  फ्रान्समा हुन लागेको संस्करणमा घरेलु टोली उपाधि जित्दै ह्याट्रिक गर्ने योजनामा छ।
 
पउल पोग्बा, एन्थोनी ग्रिजमान, ओलिभर जिराउ, एन्थोनी मार्सल, प्याट्रिक ईभ्रा जस्ता खेलाडी सम्मिलित फ्रान्सको टोली कप उचाल्ने मनस्थितीमा रहेका छन्। रियाल मड्रिडका खेलाडी करिम बेन्जिमाको अनुपस्थिती भने फ्रान्सलाई खड्किने छ। 
 
रोमानिया
युरोकपमा पाँचौ पटक सहभागि हुन लागेको रोमानियाले हालसम्म युरोकपको एक खेल मात्रै जितेको छ। युरोकपमा उसको सर्वाधिक सुखद नतिजा सन् २००० मा भएको युरोकपमा क्वार्टरफाइनल सम्म पुग्नु हो । 
 
सात पटक विश्वकप खेलिसकेको रोमनिया यो युरोकपको औषत टोली हो। छनौट चरणमा एउटा पनि खेल नहारेको रोमानिया ठुलो टोलीहरुलाई स्तब्ध पार्न सक्ने छ। 
 
सन् १९९०को दशकमा विश्व फुटबलमा राम्रो नाम कमाएको रोमानिया पछिल्लो समयमा फुटबलमा त्यती माथि आउन सकेको छैन्। यसअघि सन् २००८को युरोमा एक खेल पनि नजिती समुह चरणबाटै बाहिरिएको थियो। 
 
युरो २०१६को उद्घाटन खेलमा जस्तो नतिजा आएपनि खेल रोमाञ्चक हुने विश्वास खेलप्रेमीहरुले गरेका छन्। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ