arrow

ओली पक्षले लगाएको पार्टी कार्यालयमा प्रचण्ड-नेपाल पक्षले थप्यो ताला

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ पुष ७ मंगलबार
dhangadi-ncp-tala.jpg

धनगढी। नेकपाका नेता प्रचण्ड र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले कैलालीको धनगढीस्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन्। प्रधानमन्त्री केपी ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाएको पुरानो तालामाथि प्रचण्ड-नेपाल समूहले अर्को ताला लगाएका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन्। प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा विरोध र्‍यालीकाे आयोजना अायाेजना समेत गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ