- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। क्यानडामा सुन खानीका कामदाहरुले अहिलेसम्मकै पूरानो ब्वाँसोको संरक्षित मृत शरिर फेला पारेका छन्। ५७ हजार वर्षदेखि जमिनमुनि दबिएको अवस्थामा रहेके ब्वाँसोको आँखा बाहेकका सबै भाग संरक्षित रहेका छन्। यो ब्वाँसोको अध्ययनबाट पत्ता लागेका आधुनिक ब्वाँसोसँगको सम्बन्ध, जिवशैलीलगायतका धेरै कुराहरु करेन्ट बायोलोजि जनरलमा प्रकाशित भएको छ।
डेस मोइन्स विश्वविद्यालयकी एनाटोमीको प्राध्यापक जुली मेचनले यो ब्वाँसो अवशेस अहिलेसम्म मिलेका भन्दै सबैभन्दा पूर्ण अवशेष भएको बताएकी छन्। यसबाट विभिन्न कुराहरुको अध्ययन एवं अनुसन्धान गर्न सकिने उनले बताएकी छन्।
धेरै नै लामो समयसम्म हिँउ परिरहने ठाउँमा यो ब्वाँसोको मृत्यु भएको र मृत्यु भएको छोटो समयमै दबिएको हुनसक्ने अनुमान गरिएको छ। जन्मिएको ४९ दिनमै यो ब्वाँसोको मृत्यु भएको हुनसक्ने देखिएको छ। क्यानडाको युकोनमा सुन खानी उत्खनन्का क्रममा कामदारहरुले यसलाई फेला पारेका हुन्।