arrow

राष्ट्रिय वादोकाइ करातेमा अपिल र साजनलाई स्वर्ण

logo
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
karate-new-wado.jpg.jpeg
काठमाडौं । एपीएफ स्कुलका अपिल पौडेल र आयोजक नेपाल वादोकाइ कराते संघका साजन थापाले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । शुक्रबार टोखाको जाल्पाचोकमा भएको पुरुष २० केजी फाइनलमा अपिलले एपीएफकै अनिश श्रेष्ठलाई पराजित गरे । साजनले २५ केजी फाइनलमा एपीएफका सोनाम शेर्पालाई हराए ।
 
पुरुष ३० केजीमा प्रदेश नम्बर ३ का आर्यमान भण्डारी, ३५ केजीमा प्रदेश नम्बर १ का सागर कार्की, ४० केजीमा प्रदेश नम्बर ३ का आकाश मण्डल तथा ४५ केजीमा प्रदेश नम्बर ७ का राजु लामा पहिलो भए । आर्यामानले प्रदेश नम्बर ५ का सागर कार्की, सागरले प्रदेश नम्बर ४ का कमल विक, आकाशले प्रदेश नम्बर ५ का युकेश श्रेष्ठ तथा राजुले प्रदेश नम्बर ३ का प्रिन्स स्याङ्तानलाई फाइनलमा हराए । 
 
महिलाको २० केजीमा प्रदेश नम्बर ३ की खुशी मण्डलले आयोजककी निरुता केसी तथा २५ केजीमा प्रदेश नम्बर ७ की प्रीति तामाङले प्रदेश नम्बर ३ की रोजिता महर्जनलाई पन्छ्याउदै स्वर्ण जिते ।
 
प्रतियोगिताको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य यामकुमारी गुरुङ (अस्मिता), एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका रजत विजेता मन्डेकाजी श्रेष्ठ र कांस्य विजेता राजेन्द्र सिम्खडालगायत सम्मानित भए । 
 
दुईदिने प्रतियोगितामा ७ प्रदेश, एपीएफ स्कुल र आयोजकको १–१ गरी जम्मा ९ टिमका २ सय ५५ खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजक संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ