arrow

जनकपुरमा जसपाको विरोध प्रदर्शन

logo
निरंजन कुमार साह ,
प्रकाशित २०७७ पुष ८ बुधबार
jasapa-birodh.JPG

जनकपुरधाम । प्रतिनिधिसभा विघटनविरुद्ध पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार जनकपुरधाममा जनता समाजवादी पार्टी  (जसपा) ले विरोध प्रदर्शन गरेको छ । बुधबार जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जसपाले विरोध प्रदर्शन गरेको हो ।

जनक चोकबाट नेता तथा कार्यकर्ताहरूको सहभागितामा निस्केको बिरोध जुलुस नगर परिक्रमा गर्दै पुनः जनक चोकमै पुगि कोण सभामा परिणत भएको थियो ।  बिरोध जुलुसमा जसपाका विभिन्न भातृ संघ संगठनका प्रतिनिधि, जिल्ला तथा प्रदेश स्तरका नेता र प्रदेश सभा सदस्य तथा स्थानीय तह जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बिरोध जुलुसमा सहभागी नेता कार्यकर्ताहरूले प्रधामन्त्री ओली मुर्दावाद, राष्ट्रपति मुर्दावाद, संसद विघटनको अलोकतान्त्रिक गैरसंवैधानिक कदम खारेज गर र प्रम ओलीको निरकुंशताविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट होऔं लगायतका नारा लगाएका थिए।

कोण सभालाई सम्बोधन गर्दै नेताहरूले संसद विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत प्रतिनिधि सभा विघटन गराएर प्रम ओलीले जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ