arrow

अभिनेत्री दिया मिर्जाको प्रश्न: बुढा हिरोहरु १९ वर्षका अभिनेत्रीसँग काम गर्न किन रुचाउँछन ?

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
dia-mirza-inida.jpg

काठमाडौं ।  तेलुगु फिल्म ‘वाइल्ड डग’को काममा व्यस्त बलिउड अभिनेत्री दिया मिर्जा एक अन्तरवार्ताका कारण यतिबेला निकै चर्चा छिन् ।

‘उनले बलिउडमा पुरुषवादी चरित्रको वर्चश्व रहेको बताएकी छिन् र धेरै पुरुष कलाकारहरु कलिलो उमेरकी अभिनेत्रीसँग काम गर्ने गरेको प्रसंग उल्लेख गरेकी छिन ।

दियाले पलपल इन्डियासँगको कुराकानीमा बलिउडमा बुढा हिरोहरुले जानेर बुझेर नै आफूभन्दा कम उमेरका अभिनेत्रीका साथ काम गर्ने गरेको बताएकी हुन । 

उनले भनेकी छिन् ‘बलिउडमा पुरुषवादी चरित्रको वर्चश्व रहेको छ। बुढा अभिनेताहरु जवान अभिनेत्रीको अपोजिट काम गर्न रुचाउँछन्। अजिव कुरा त यो हो कि ५० भन्दा माथिका बुढा हिरोहरु १९ वर्षका अभिनेत्रीका साथकाम गरिरहेका हुन्छन्।’

बलिउडमा उमेरदार पुरुषहरु फिल्ममा लिड रोलमा देखिए पनि सोही उमेरका महिला कलाकार नदेखएको पनि बताएकी छिन । उनले बलिउड फिल्म क्षेत्रपनि विभेदकारी भएको संकेत गरेकी छिन् । बलिउडमा पुरुष कलाकारका लागि धेरै कहानी भएपनि महिलालाई प्रमुखतामा राखेर निकै कम फिल्म बन्ने दियाको भनाइ छ ।

‘बलिउड फिल्ममा अभिनेत्रीको सुन्दरताको मापन उसको उमेरलाई लिएर गरिन्छ। यही कारण सँगै काम गरेका हिरोइनहरुले लिड रोल पाउन छाडेपनि अभिनेताहरु भने लामो समयसम्म प्रमुख रोलमै खेलिरहेको देखिन्छन्,’दियाको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ