arrow

कोरोना संक्रमणबाट गण्डकीमा थप दुई जनाको मृत्यु

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
woman-dead-body.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक पुरुष र एक महिला छन् । उनीहरु दुवै वृद्ध तथा दीर्घरोगी समेत भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा तनहूँको म्याग्दे गाउँपालिका वडा नं. ५ का ७३ वर्षका पुरुष र स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ की ७४ वर्षकी महिला रहेकी छन् । उनीहरु दुवैको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार तनहूँका पुरुषको मृत्यु बुधबार साँझ ५:२० बजे र महिलाको मृत्यु राति ८:२० बजे भएको थियो । योसंगै गण्डकी प्रदेशका कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ