arrow

प्रदेश नं १ मा ५१५ संक्रमित निको

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
corona-test.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५१५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशनबाट ५०१, मेची अस्पतालबाट पाँच, कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरबाट चार,  विराट मेडिकल कलेज बुढीगङ्गा मोरङबाट तीन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्यूरो अस्पताल विराटनगरबाट एक-एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २६ हजार २९६ पुगेको छ ।

सोही अवधिमा प्रदेशमा ३९० जनाको पिसिआर परीक्षण गरिएकामा २१ महिला र २९ पुरुष गरी ५० संक्रमित थपिएका छन् । थप हुनेमा मोरङमा १७ मध्ये विराटनगरमा १३, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा एक-एक तथा प्रदेश बाहिरका चार जना रहेको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा संक्रमितको सङ्ख्या हालसम्म २९ हजार ५७४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार ४१४ जनाको पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ