arrow

युरो २०१६: उद्घाटन खेलमा फ्रान्स बिजयी

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Euro_Fra_Rou.jpg.jpeg
काठमाडौं। युरो २०१६ फुटबल प्रतियोगितामा आयोजक फ्रान्सले बिजयी शुरुवात गरेको छ। रोामनियालाई २-१ गोलले पराजित गर्दै तीन अंक बटुलेको छ। 
 
खेलको ५७औं मिनेटमा फ्रान्सका ओलिभर जिराउले गोल गर्दै फ्रान्सलाई १-०को अग्रता दिलाएका थिए। ६५औं मिनेटमा रोमानियाले पेनाल्टी पायो र बोग्दान स्टान्कुले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 
 
फ्रान्सले आफ्नो दबदबा राखे पनि रोमानियाले पनि केही राम्रा आक्रमणहरु गरेको थियो जुन गोलमा परिणत हुन सकेन। रोमानियाको गोलकिपरको सानो गल्तीले पहिलो गोल हुन पुगेको थियो। जिराउको हेड मार्फत फ्रान्सकालागि पहिलो गोल भएको थियो। 
 
फ्रान्सका ईभ्राले रोमानियाका स्टान्कुलाई फाउल गर्दा पाएको पेनाल्टीमा रोमानियाले गोल गरेको थियो। 
 
बराबरी तिर लम्किरहेको खेलमा ८९औं मिनेटमा फ्रान्सका डिमिट्री पाएटले दर्शनिय गोल गर्दै फ्रान्सलाई २-१ गोलेल बिजयी गराएका थिए। गोल रहित पहिलो हाफको खेल हेर्दा एक समय खेल बराबरीमा सकिने अनुमान गर्न थालिएको थियो।
 
 दोस्रो हाफमा केही आक्रमक खेलको प्रदर्शन दुवै पक्षले गरे पछि खेलमा रौनकता थपिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ