arrow

अल्पमतमा शेरधन, पर्ख र हेरको अवस्थामा नेकपाका सांसद

प्रदेश एकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छैन

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष १० शुक्रबार
sherdhan.jpg

मोरङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश तहमा समेत देखा पर्न थालेको छ । प्रदेश ३ मा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरुबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि अन्य प्रदेशहरुमा पनि त्यसको असर बढ्दै जानसक्ने आशंकाहरु उत्पन्न भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा जुनसुकै बेलामा पनि ढल्न सक्ने अवस्थामा रहेको प्रदेश सरकारहरु मध्ये प्रदेश १ को पनि हो । प्रदेश १ प्रदेशसभामा नेकपाको दुईतिहाई सदस्य नेकपाबाट निर्वाचित भएका थिए ।

९३ जनाको प्रदेशसभामा ६७ सदस्य नेकपाका छन् । अहिले पार्टी विभाजन भएको अवस्थामा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई भने अल्पमतमा परिसकेका छन् । उनको समर्थनमा बढीमा १८ प्रदेशसभा सदस्यहरु मात्र छन् । प्रचण्ड माधव नेपाल समूहमा ४९ जना सांसद छन् ।

प्रचण्ड नेपाल समूहलाई सरकार गठनका लागि प्रयाप्त सदस्य संख्या भएपनि तत्काल अविश्वासको प्रस्ताव लैजाने सोचाई नभएको उक्त समूहका नेताहरुले बताएका छन् ।

बिहीबार अपरान्ह मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्दै छन् भन्ने हल्ला एकाएक चलेको थियो । त्यसबाट नेकपाका केही सांसदहरु अर्को असंवैधानिक कदमलाई रोक्न अविश्वासको प्रस्ताव बढाउनु पर्छ भन्दै क्रियाशिल भएका थिए । तर, अविश्वासको प्रस्ताव लैजाने र अनावश्यक रुपमा समस्या बढाउनु भन्दा प्रकृयाहरु कसरी बढ्छ केही समय धैर्यता गर्नु उपयुक्त हुने सुझावका आधारमा नेकपाका सांसदहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ