arrow

देशमा राजनीतिक लफडा चलिरहेकाबेला मन्त्री मानन्धर गीत गाएर विश्व रेकर्ड तयारीमा

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
Rambir.jpg

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर र विस्तार गरिरहँदा एक राज्यमन्त्री भने सांगीतिक कार्यक्रममा ब्यस्त देखिए ।

सत्तारुढ दल नेकपा विभाजनपछि आरोपप्रत्यारोप, जुलुश, भाषणबाजी र नेताहरुले मन्त्री पद उपहार पाइरहँदा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर भने गीत गाएर हल तताइरहेका थिए ।

लगातार चार घण्टा गीत गाएर विश्व रेकर्ड कायम गर्न लागेका राज्यमन्त्री मानन्धरको सांगीतक कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार शुभारम्भ गरेका हुन ।

काठमाडौंको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वर्ल्ड बुकमा रेकर्ड राख्न लागेका हुन् ।

नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गरेको भन्दै सञ्चारमन्त्री गुरुङले सराहना गरे ।

कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले वर्ल्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन सत्प्रयत्न गरेको भन्दै मन्त्री गुरुङले खुशी व्यक्त गर्नुका साथै सफलताको लागि शुभकामना दिए । उक्त कार्यक्रमका लागि बेलायतबाट पाँच जना निर्णायक आएको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ