arrow

कोपा अमेरिका: मेस्सीको ह्याट्रिक मदतले अर्जेन्टिना बिजयी

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Messi_Argentina_Copa.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका अन्तर्गत समुह 'डी'को खेलमा अर्जेन्टिना र चिलीले आ-आफ्नो खेल जितेका छन्। अर्जेन्टिनाले पनामालाई पराजित गरेको छ भने चिलीले बोलिभियालाई पराजित गरेको छ। उपाधि होडा लागेको अर्जेन्टिनाले आफ्नो बिजयी यात्रा जारी राखेको छ। 
 
अर्जेन्टिना-पनामा
स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिक मदतले अर्जेन्टिनाले पनामालाई ५-० गोलले पराजित गरेको छ।खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले आफ्नो जादुमय खेलको प्रदर्शन गर्दै ह्याट्रिक पुरा गरेका थिए। 
 
खेलको ७औं मिनेटमा नोकोलस ओटामेण्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ६८औं मिनेटमा आफ्नो पहिलो गोल गरेका थिए भने ७९औं र ८७औं मिनेटमा थप दुई गोल गरेका थिए। 
 
खेलको ९०औं मिनेटमा सर्जिओ अग्वेरोले गोल गर्दै अर्जेन्टिनाको ५औं गोल पुरा गरेका थिए। ३२औं मिनेटमा पनामाका अनिबल केसिस गोडोय रातो कार्ड पाएर बाहिरिएका थिए। १० खेलमा सिमीत पनामाले अर्जेन्टिनाको स्थरिय आक्रमणलाई धेरै बेर रोकेको थियो तर मेस्सीको अगाडी उसको केही लागेन। 
 
चिली-बोलिभिया
चिलीका अर्तुरो विदालको दुई गोलको मदतले बोलिभिया माथि जित दिलाउँदै दोस्रो चरण प्रवेशको संभावना जिवित राखेको छ। गत बर्षको च्याम्पियन चिलीलाई जित दिालउने क्रममा विदालले ४६औं मिनेटमा गोल गरेका थिए। 
 
खेलको ६१औं मिनेटमा बोलिभियाका झसमनी काम्पोसले गोल गर्दै खेल १-१को बराबरी बनाएका थिए। खेलको ९०औ मिनेटमा पाएको पेनाल्टीमा विदालले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ