arrow

गीत जब टिकटकमा छिर्‍यो ‘१२ बर्षमा खोलो फकिए’जस्तै भो, ‘फुलबुट्टे सारी’ ले धमाका मच्चायो

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
rajanraj88.jpg

काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत ‘कुटुमा कुटु..’ का गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटी निरन्तर उकालो यात्रामा छन् । दर्जनौं ‘हिट’ गीतका गीतकार/संगीतकार तथा गायक शिवाकोटीको ‘सुर्के थैली खै’ले त नेपाली संगीत बजारमा चमत्कार नै मच्चायो । 

‘ट्रेन्ड सेटर’ स्रष्टाका रुपमा पहिचान बनाउँदै गएका राजनराजका लागि पछिल्ला बर्षहरु खुबै मजाले फापेको छ । नेपालीपन, भाषा, संस्कार, संस्कृति र माटोको सुगन्धलाई ‘फ्युजन’गरेर गीत तयार गरेको दाबी गर्ने उनको पछिल्लो ‘फुलबुट्टे सारीमा’ले धमाका मच्चाइरहेको छ ।

१२ वर्षअघि तयार भएको यो गीत अहिले सर्वाधिक चर्चामा छ । १२ बर्षसम्म गुमनाम भएको यो गीत छोटो समयमा सर्वाधिक भ्यूज पाएको संभवत पहिलो गीतका रुपमा दरिएको छ । ‘म आफैं चकित छु, १२ बर्षमा खोलो पनि फर्किन्छ भन्थे हो रहेछ,’ राजनराजले अनुभव सुनाउँदै भने, बालकदेखि बृद्धबृद्धासम्मले यो गीतको टिकटक बनाएकै छन्, गुनगुनाएकै छन, सकरात्मक प्रतिक्रिया दिइरहेकै छन् ।’

पहिलो पटक मार्मिक लामाले यो गीतमा स्वर दिए । पछि प्रतीक गुरुङले कभर गाएर भिडियो युट्युबमा पोस्ट गरेका थिए । त्यसबेला नै गीत टिकटकमा भित्रिसकेको थियो । प्रतीकले गरेको कभर गीतको सानो क्लिप टिकटकमा एकाएक भाइरल बन्न पुगेको हो ।

फिमेल भर्सनमा गायिका मिलन नेवारको स्वरमा गीत फेरि सार्वजनिक भयो । मिलनको स्वरमा सजिएको यो गीतले युट्युबमा एकाएक चर्चा बटुलिरहेको छ ।

सार्वजनिक भएको छोटो समयमा नै गीत संगीतप्रेमीको मुखमा झुन्डिएको छ । भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले रोमान्स गरेका छन् । भिडियो युट्युबमा पोष्ट भएको दुई हप्तामै करोड क्लबमा प्रवेस गरिसकेको छ । गीत टिकटकमा दर्शक स्रोताहरु उत्तिकै रमाइरहेका छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

दोलखाको कालिन्चोक मन्दिर आसपास छायांकन गरिएको गीतमा कालिन्चोक माताको पनि विशेष आशिर्वाद मिसिएको राजनराज बताउँछन् । मेल-फिमेल भर्सनपछि अब चाइल्ड भर्सनमा गीत ल्याउने तयारीमा राजनराज छन् । चाइल्ड भर्सनमा शिवाकोटीकै छोरी आरिस्माले स्वर दिएकी छिन् । यहि पुष १५ गते आरिस्माको स्वरमा स्वरबद्ध गीतको भिडियो सार्वजनिक गर्ने कार्यक्रम तय भएको शिवाकोटीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ