arrow

माइती नेपाल पोखरामा पुरस्कृत

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
maiti-nepal-pokhara.jpg

पोखरा। महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको गैरसरकारी संस्था माइती नेपाल पोखरामा पुरस्कृत भएको छ। माइती नेपाललाई पोखरास्थित श्रीपति कोइराला गुठीले ‘श्रीपति समाजसेवा पुरस्कार’ प्रदान गरेको हो।

महिला एवं बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको माइती नेपाललाई पुरस्कृत गरिएको गुठीले जनाएको छ। पुरस्कारको राशि दुई लाख २२ हजार २ सय २२ रुपैयाँ नगद र ताम्रपत्र रहेको छ।

माइती नेपालका अध्यक्ष विश्वराम खड्कालाई केदारेश्वर गुरुकुल वैदिक गुरुकुल विद्याश्रमका पिठाधीश डा. लेखनाथ आचार्यले पुरस्कार प्रदान गरे।

कार्यक्रममा केदारेश्वर गुरुकुल वैदिक गुरुकुल विद्याश्रमका पिठाधीश डा. लेखनाथ आचार्यले नेपाली समाज सदियौंदेखि नै अशिक्षा, बेरोजगारी, आर्थिक चपेटामा पर्दै आएको भन्दै यसैका कारण चेलिबेटी वेचविखन जस्ता जघन्य घटना बढ्दै गएको बताए। उनले यसको न्युनिकरणका लागि माइती नेपालले खेलेको भूमिका प्रशंसनीय भएको स्पष्ट पारे।

उक्त अवसरमा माइती नेपालका अध्यक्ष खड्काले यो पुरस्कारले थप अघि बढ्न हौषला मिल्ने बताए। हिजो मानव बेचविखन सीमित जिल्ला र सीमित जातजातिमा हुने गरेको भए अहिले कुनैपनि समुदाय अछुतो नरहेको भन्दै अध्यक्ष खड्काले प्रत्येक नेपाली यस्ता घटनाप्रति सचेत रहनुपर्ने खाँचो औंल्याएका छन्।

गुठीका अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरास्थित विभिन्न सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई श्रीपति विद्या पदक समेत प्रदान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ