- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले सो दिन दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए ।
प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।