arrow

बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको छ : प्रकाशमान सिंह

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
prakashman-singh.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाएका छन् । काँग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताए । 
 
नेता सिंहले सरकार कामभन्दा भाषणमा रमाएको आरोप लगाउँदै सरकारलाई जनताप्रति जिम्मेवार हुन आग्रह गरे । उनले पार्टी सङ्गठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिए । काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले ल्याएको बजेट प्रचारबाजी मात्र भएको र यो कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे  । 
 
काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकका हरेक आन्दोलन काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताए । कार्यक्रममा काँग्रेसका नेता बद्री पाण्डे, प्रा डा गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिनेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ