arrow

अन्तरिक्षमा तरकारी उम्रियो

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
space-vegetable.jpg

काठमाडौं । नासाकी अन्तरिक्ष यात्री क्याथलिन रुबिन्सले अन्तरिक्षमा लगाएको गाँजर उम्रिएको छ । माइक्रोग्र्याभिटिमा गाँजर उम्रिएसँगै यसले अब, भविष्यमा चन्द्रमा र मंगल ग्रहको मिसनका लागि थप आशा जगाएको छ ।

एडभान्स प्लान्ट ह्याबिटेडमा अन्तरिक्षमा गाँजर उम्रिएको भिडियो नासाले समेत सेयर गरेको छ । २७ दिनको अवधिमा गाँजर उम्रिएको हो ।

गत नोबेम्बर ३० मा अन्तरिक्षयात्री रोबिन्सले लगाउनका लागि तयार पारिएका २० गाँजरलाई काँचमा हालेर चिसोमा भण्डार गरेकी थिइन् । आउँदो वर्षको अन्तरिक्ष आपुर्ति मिसनबाट यी गाँजरलाई पृथ्वीमा पठाइने स्पेसडकटकममा उल्लेख छ ।

भविष्यमा हुने लामो समयसम्मका अन्तरिक्ष मिसनका लागि त्यहाँ नै तरकारी एवं अन्य खेती गर्न सकिने अध्ययन एवं अन्वेषणमा वैज्ञानिकहरु रहेका छन् ।

त्यसै अनुसन्धानको एक परीक्षणका रुपमा रहेको यो तरकारी अन्तरिक्षमा उम्रिएपछि वैंज्ञानिकहरुमा झनै सकारात्मक उर्जा बढेको छ ।



नयाँ