arrow

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
parliament.png

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन्।
    
संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् ।

शुक्रबार मन्त्रीमण्डल हेरफेर र विस्तार गरेपछि बसेको प्रधानमन्त्री केपी शर्मा ओली, ८ मन्त्री र एक राज्‍यमन्त्रीसहितको मन्त्रीपरिषद् बैठकले पुस १७ देखि गते राष्ट्रियसभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।



नयाँ