arrow

युरो २०१६: गारेथ बेलको वेल्सलाई रोक्ला स्लोभाकियाले ?

दुवैले एक अर्का बिरुद्ध १-१ खेल जितेका छन्

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Gareth_bale_Wales.jpg.jpeg
काठमाडौं। युरो २०१६को आझ राती ९:४५मा हुने वेल्स र स्लोभाकिया बिचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आंकलन गरिएको छ। दुवै टोली पहिलो पटक युरोमा सहभागी भएका टोली हुन्। 
 
दुई टोली दुई पटक आमने सामने भएका छन् जस्मा वेल्सले १ र स्लोभाकियाले १ खेल जितेका छन्। युरो २००८मा स्लोभाकियाले वेल्सलाई ५-१ गोलले पराजित गरेको थियो भने वेल्सले त्यही छनौट चरणमा ५-२ गोलले पराजित गरेको थियो। 
 
ईङल्याण्ड, रसिया रहेको ग्रुपमा वेल्स र स्लोभाकिया दुवैले तीन अंकका लागि खेल्ने छन्। दोस्रो चरणमा पुग्नकालागि दुवै टोलीले पुर्ण प्रयास गर्ने छन्। 
 
गारेथ बेल, जो एलेन, आरोन राम्से,एण्डी किङ्ग आदि स्टार रहेका वेल्सको पलडा बारी देखिएको छ। स्लोभाकियाले वेल्स लाई रोक्ने प्रयास गर्ने छ। च्याम्पियन्स लीग जितेका वेल्सका गारेथ बेल र प्रिमियर लिग जितेका लेस्टरका एण्डी किंग रहेको टोलीमा बिजय अनुभव र आत्मबलले सकरात्मकता थप्नेछ । 
 
स्लोभाकिया
सन् २०१० को विश्वकप खेलेर प्रि-क्वार्टरफाईनल पुगेको स्लोभाकियाको युरो २०१६मा पहिलो पटक सहभागी हुँदैछ। फिपा बरियतामा २४औं स्थानमा रहेको स्लोभाकिया सन् २०१५ अगस्तमा १४औं स्थानमा रहेको थियो। सन् १९९३मा १५०औं स्थानमा रहेको स्लोभाकियाले युरोमा कस्तो प्रदर्शन गर्नेछ कौतुहलताको बिषय रहेको छ। 
 
युरो छनौट समुहमा स्पेन पछि दोस्रो भएर युरो २०१६कालागि स्लोभाकिया छनौट भएको हो। ईङलीश क्लब लिभरपुलका खेलाडी मार्टिन स्कर्टलको कप्तानीमा रहेको स्लोभाकिया युरोमा संघर्ष गरेर छनौट भएको हो। 
 
वेल्स
फिफा बरियताको २६औं स्थानमा रहेको वेल्सको पहिलो युरोमा रियाल मड्डरिका स्टार गारेथ बेलबाट ठुलो आशा रहेको छ। अक्टोबर २०१५मा आठौं स्थानमा रहेको वेल्स सन् २०११ अगस्तमा ११७औं स्थानमा रहेको थियो।
 
सन् १९५८मा फिफा विश्वकप खेलेको वेल्सले त्यसपछि कुनै पनि विश्वकपमा छनौट चरण पार गर्न सकेको छैन्। आर्सनलका आरोन राम्से, लिभरपुलका जो एलेन, लेस्टरका एण्डी किंग सम्मिलित टोलीले यसपालीको युरोमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
 
आफ्नो पहिलो  ठुलो  अन्तराष्ट्रिय प्रतियोगिता खेल्न गैरहेको वेल्सको लागि यो प्रतियोगितामा धेरै आशा गर्न सकिँदैन रियाल मड्रिड स्टार ग्यारेथ बेल रहेको यो टोलीले युरोकपमा कस्तो प्रदर्शन गर्नेछ भन्ने पूर्णतः उनीमा भर पर्नेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ