औषधि खरिदको बजेट नहुँदा बिरामीलाई औषधि वितरणमा समस्या

प्रकाशित मिति : २०७३ जेठ २९ शनिबार
पाँचथर। पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चाप अनुसारको औषधि खरिद नगर्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा अत्याधिक कम भएकाले बिरामीले माग अनुसारको औषधि पाउन नसकेका हुन् ।
 
अहिले प्राप्त औषधि दैनिक उपचारमा आउने १५ जना बिरामीलाई वितरण गरेमा तीन महिना पनि नपुग्ने भएकाले बर्षभरी पु¥याउने हिसावले बिरामीलाई औषधि प्रदान गर्दै आएको जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले बताए ।
 
 बिरामीको चाप दोब्बर भएपनि सरकारले औषधि खरिदका लागि बजेट वृद्धि नगर्दा बिरामीले चाहिएजति औषधि नपाएको साहाको भनाइ छ । निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्याष्टिक, उच्च रत्तचाप र बाथ रोगका बिरामीहरुले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् ।
 
आङ्साराङ्ग, फाक्तेप, मौवा, लुङ्रुपा, चिलिङ्दिन र फिदिम नगरपालिका स्थापना भएका आयुर्वेद केन्द्रमा गत आर्थिक वर्षमा १० हजार ९ सय दिर्घरोगीले उपचार गराएका छन् ।
नयाँ