arrow

युरो २०१६: स्विट्जरल्याण्ड जन्मेका खेलाडीहरु सु-सज्जित अल्बानियाई टोलीको चुनौती

स्विट्जरल्याण्ड-अल्बानिया

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Euro_Swiss_Alb.jpg.jpeg
काठमाडौं। युरो २०१६को समुह 'ए'को दोस्रो खेल अल्बानिया र स्विट्जरल्याण्ड बिच हुनेछ। अल्बानिया पहिलो पटक युरोमा सहभागी टोली हो भने स्विट्जरल्याण्ड चौथो पटक सहभागि हुँदैछ। शनिबार ६:४५ बजे साँझ दुई टोली आमने सामने हुँदैछन्। 
 
अल्बानियाले केही राम्रो प्रभाव छाड्ने योजनामा रहेको छ भने स्विट्जरल्याण्डको दाउ उपाधीमा रहेको छ। विश्व फुटबलमा  राम्रो अनुभव भएको स्विट्जरल्याण्डको युरोको बिगत त्यती उत्साहप्रद नभए पनि यसपाली उ अगाडी बढ्ने योजनाका साथ आएको छ। 
 
यसअघि दुई टोली बिच ६ पटक आमने -सामने भएकोमा स्विजरल्याण्डले ५ पटक जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। 
 
अल्बानियाको टिमका १० खेलाडी स्विट्जरल्याण्डमा जन्मेका वा हुर्केका छन्। सात खेलाडीहरुले स्विस यु-२१ टोलीबाट पनि खेलेका छन्।  उनीहरुलाई स्विस फुटबलबारे राम्रो जानकारी रहेको हुनाले आजको प्रतिस्पर्धा रमाञ्चक हुने विश्वास गरिएको छ। स्विस म्यानेजरले 
 
अल्बानिया
फिफाको बरियतामा ४२औं स्थानमा रहेको अल्बानिया अगस्त २०१५मा २२औं स्थानसम्म पुगेको थियो। सन् १९९७मा १२४औं स्थानमा रहेको अल्बानियाले त्यहाँबाट निरन्तर प्रगति गरिरहेको छ। 
 
युरोमा छनौट हुने क्रममा अल्बानियाले पोर्चुगललाई एक पटक पराजित गरेको थियो। त्यो बेला  डेनमार्कसँग बराबरी गरेको अल्बानियाले छनौट हुने लक्षण देखाईसकेको थियो।
 
पहिलो पटक ठुलो प्रतियोगिता खेलिरहेको अल्बानिया युरो २०१६को समुह 'ए' मा रहेको छ।समुह 'ए'मा अल्बानिया सहित फ्रान्स रोमानिया र स्विजरल्याण्ड रहेका छन्। 
 
आफ्नो इतिहासमा पहिलो पटक प्रतिष्ठित प्रतियोगिता खेल्न लागेको अल्वेनियन टोलीको लागि  यो समूह चरण पार गर्न त्यति सहज भने हुने छैन उसका लागि यो पहिलो युरोकप अनुभव संगाल्ने सुनौलो मौका हुनेछ। 
 
स्वीट्जरल्याण्ड
तीन पटक युरोकप खेलिसकेको स्वीट्जरल्याण्डले हाल सम्म राम्रो प्रभाव छोड्न सकेको छैन। तर स्वीट्जरल्याण्डको युरोकप इतिहास राम्रो नरहे पनि विगत केही वर्षबाट स्वीट्जरल्याण्डको प्रदर्शनमा व्यापक सुधार आएको छ।
 
दश पटक विश्वकप खेलेको स्वीट्जरल्याण्ड आसन्न युरोकपमा उसको आँखा सेमिफाइनल सम्म पुगिसकेको अर्थात सेमीफाइनल सम्मको यात्राको दावेदारी प्रशिक्षकले गरिसकेका छन् । उसको जारी फर्मलाई यो युरो कपमा जारी राख्ने हो भने यो युरो कपमा ठुलो टोलीलाई हराउन सक्ने क्षमता छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ