अभिनेत्री बर्षा शिवाकोटी व्यवसायमा, सम्हालिन स्किन सिटीको सिइओको जिम्मेवारी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १३ सोमबार
530
Shares
काठमाडौं। नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओमा अभिनेत्री बर्षा शिवाकोटी नियुक्त भएकी छिन्। अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडी बढाएको उनले एक विज्ञप्ती मार्फत जानकारी गराएकी हुन्।
छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै स्किन हस्पिटलमा आफ्नो शेयर रहेको पनि जानकारी गराएकी छिन्।
चलचित्र उद्योगमा रहँदा आफ्ना चलचित्रहरुलाई मन पराए झै व्यापारिक रुपमा पनि सफल हुने विश्वास उनले लिएकी छिन्। हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना उनले सार्वजनिक गरेकी छिन् ।
स्किन सिटीमार्फत अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ्सँग सम्वन्धित कुनैपनि समस्याको खोज, समाधान र उपचारमा अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्ने बर्षाले बताएकी छिन्।