arrow

मेक्सिकोमा बन्दुकधारीद्वारा एकै परिवारका ११ जनाको हत्या

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
gunman.jpg.jpeg
पुब्ला (मेक्सिको) । मेक्सिकोको एक ग्रामीण क्षेत्रमा एकजना बन्दुकधारीले गोलीहानी एकै परिवारका ११ जनाको हत्या गरेको समाचार छ । सो बन्दुकधारीले पारिवारिक विवादका कारण यसरी एकै परिवारका सबैजनाको हत्या गरेको प्रहरीले प्रारम्भिक रुपमा गरेको अनुसन्धानमा खुलेको जनाएको छ । 
 
मारिनेमा दुई जना साना नानी पनि छन् । त्यसैगरी पाँच महिला र चारजना पुरुष मारिनेमा परेका छन् ।  पुब्ला राज्यको मध्यभागमा बसोबास गरिरहेको एल मिरादा समुदायको परिवारमा सो हत्याकाण्ड भएको हो । 
 
त्यस आक्रमणमा परी गम्भीर रुपमा घाइते भएका दुईजना बालिकालाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । 
 
आक्रमणमा आएका दुईजनामध्ये एकलाई स्थानीय प्रत्यक्षदर्शीले पहिचान गरेका प्रहरीले जनाएको छ ।  हत्यामा सम्लग्न एकजना पुरुषले सोही परिवारकी एक महिलासँग यौन सम्बन्ध राख्दै आएको र सोही सम्बन्धको कारण हत्याको घटना हुन पुगेको प्रहरीले जनाएको छ । 
 
प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । शुक्रबार साँझ भएको सो घटनापछि प्रहरीले गाउलाई नै घेरामा हालेर अनुसन्धान थालेको जनाएको छ । प्रहरीका अनुसार बदलाको भावनाका कारण यो हत्याकाण्ड भएको छ । ती महिलासँगको अवैध सम्बन्ध नै यस घटनाको मुख्य कारण हुनसक्ने प्रहरीले जनाएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ