arrow

'नेकपाले देशमा बिदेशी चलखेल निम्त्यायो'

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ पुष १३ सोमबार
nc-rally-dadeldhura.jpg

डडेल्धुरा । नेकपा सरकारले बिदेशीको ईशारामा देशमा राजनीतिक अस्थिरता ल्याएको डडेल्धुरामा कांग्रेसले गरेको बिरोध कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रतिनिधिसभा बिघटनको बिरोधमा नेपाली काँग्रेस डडेल्धुराले प्रदर्शन गरेको बिरोध सभामा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले आफूलाई राष्ट्रबादी भएको भ्रम फैलाएर जनतालाई धोका दिएको बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीले आयोजना गरेको बिरोध कार्यक्रममा केपी ओली नेतृत्वको सरकारले अराजनीतिक, अप्रजातान्त्रिक र सर्वसत्तावादी चरित्र देखाउँदै संसद बिघटन गरेकोमा भन्दै कांग्रेस नेता कार्यकर्ताहरुले सडकमा उत्री बिरोध गरेका हुन्। 

संसद बिघटन पछि उत्तरी छिमेकी चीनको सक्रियता अस्वभाविक रुपमा बढेकोमा सहभागीहरुले बिरोध जनाएका थिए । दुई तिहाई जनादेश प्राप्त कम्युनिष्ट सरकारले आन्तरिक समस्या मिलाउन नसकेर संबिधानको चिरहरण गरेको कांग्रेसको आरोप थियो।

हजारौं जनताको बलिदान, रगत पसिनाको कमाईका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रको संबिधानलाई व्यक्तिगत पेवा सम्झी प्रधानमन्त्रीले ईतिहासमा कलंकित दुष्कार्य गरेको बक्ताहरुले बताए । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य जनक कलौनी, संबिधानसभा पूर्ब सदस्य नरभान कामी, जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण बहादुर मल्ल, नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महर लगायतका नेताहरुले बिरोध सभामा सम्बोधन गरेका थिए । 

सदरमुकामको तुफानडाँडा चोकबाट र्‍याली शुरु भई बजार परिक्रमा सहित सहिद भिमदत्त चौकमा पुगी कोण सभा भएको थियो । कार्यक्रममा संसद बिघटन प्रकरणमा केपी ओली मात्र नभई पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड माधव नेपाल तथा झलनाथ खनाल पनि दोषी रहेको बक्ताहरुले बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ