arrow

ईङल्याण्डको अपराजित यात्रामा रुसले अड्को थाप्ला ?

ईङल्याण्ड-रुस

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Euro_Eng_Rus.jpg.jpeg
काठमाडौं। ईङल्याण्डका स्टार जेमी भार्डी बिना ओर्लने मिडिया रिपोर्टहरु आएका बेला रुसलाई केही राहात भएको हुनुपर्छ। तर मिडिया रिपोर्टका अनुसार टोली ब्यवस्थापन चल्ने भने गरेको छैन्। लेस्टर सिटीलाई प्रिमियर लिग जिताउने प्रमुख भुमिका खेलेका भार्डि नखेल्दा बिपक्षलाई पक्कै राहात पुगेको हुनपर्छ। 
 
अर्का स्टार खेलाडी वायन रुनीको नेतृत्वमा रहेको ईङल्याण्डले यसपालीको युरो उपाधि हात पार्ने लक्ष्य लिएर अघि बढेको छ। ईङल्याण्डले छनौट चरणमा शतप्रतिशत खेल जितेर आएको छ। 
 
सन् २००८को युरो छनौटमा आमने सामने भएका दुई टोलीले १-१ खेल जितेका छन्। सोभियतसँघ हुँदा सन् १९६८मा ईङल्याण्डसँग २-०ले पराजित टोलीले सन् १९८८मा ३-१ले पराजित गरेको थियो। 
 
ईङल्याण्डका प्रशिक्षक रोय हड्सन सबै भन्दा बढि उमेरका ब्यवस्थापक हुने भने रुसका स्लटस्की युवा ब्यवस्थापक हुन्। हड्सनको उमेर ६८ बर्ष रहेको छ भने ४५ बर्षिय स्लट्स्की युवा रहेका हुन्। 
 
इङ्ल्यान्ड
सन् १९९८ को विश्व  विजेता इङ्गल्याण्डले हालसम्म युरोकप जित्न सकेको छैन । यद्यपि, हरेक युरोकपमा उसको प्रदर्शन शानदार रहने गर्दछ । सुपरस्टार खेलाडी वायन रुनीको कप्तानीमा रहेको इङ्गलिश टोली  यो पटकको उपाधि कब्जा गर्दै आफ्ना समर्थकलाई खुसियाली दिन चाहान्छ ।   
 
प्रिमियर लिगमा तहल्का मच्चाएका जेमी भार्डी र ह्यारी किङग अग्रपंक्तिमा रहेको ईङल्याण्ड टोलीले यसपाली उपाधिमा आखा लगाएको छ। ड्यानियल स्टरिज, डेले अल्ली, रहिम स्टरलिङ, एडम लालाना रहेको टोली बलियो रहेको छ। 
 
अन्तराष्ट्रिय मैत्री खेलमा जर्मनीलाई ३-२ले पराजित गरेको ईङल्याण्डको मनोबल उच्च रहेको छ। त्यसैगरि टर्की , पोर्चुगललाई पराजित गरेको टोली यसपाली युरोमा छनौट नभएको नेदरल्याण्डससँग पराजित भएको हो। 
 
रुस 
सन् २०१८ को  विश्वकपको आयोजना गर्ने जिम्मा पाएको रुसी टोलीको लागि यो युरोकप विशेष हुनेछ । सन् १९९६ देखि हालसम्म निरन्तर युरोकपमा छनोट हुँदै आएको यो टोलीको युरोकपमा पाँचौ सहभागिता हो । 
 
११  पटक विश्वकप खेलिसकेको रुस यो प्रतियोगितमा सामान्य टोली हो। ५ पटक छनौट भैसकेको रुस सोभियतसँघ बेलाको छनौट पनि जोड्ने हो भने ११ पटक युरो खेलेको ईतिहास रहेको छ। 
 
छनौट चरणमा दोस्रो भएर युरो २०१६मा छनौट भएको टोली रुसले युरो अघिको मैत्रीपुर्ण खेलहरुमा फ्रान्स, चेक गणतन्त्र सँग पराजय ब्योहोरेको थियो। एलेक्सेण्डर कोकोरीन, फ्योडोर स्मोलोवको आक्रमणमा निर्भर रुसले युरोमा केही आश्चार्यजनक नतिजा निकाले अचम्म हुनेछैन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ