सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बोहरा बर्खास्त
प्रकाशित २०७७ पुष १४ मंगलबार
761
Shares
डोटी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए।
प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पार्टी विभाजनपछि दाहाल–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए। बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ।