arrow

विश्वकै प्रतिष्ठित कार ब्राण्ड टेस्ला भारतीय बजारमा

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
elon-musk-tesla.jpg

काठमाडौं । विद्युतिय कारका लागि विश्वकै प्रतिष्ठित कार कम्पनी टेस्ला सन् २०२१ मा भारतीय बजारमा प्रवेश गर्ने भएको छ ।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आउँदो वर्ष भारतमा टेस्लाले प्रवेश गर्ने बताएका हुन् ।

सुरुमा बिक्री गर्ने उद्देश्यले टेस्ला भारतीय बजारमा प्रवेश गर्नेछ । त्यसपछि भारतमै उत्पादन गर्ने गरी स्थापित हुन सक्ने भारतीय यातायातमन्त्री नीतिन गडकरीले बताएका छन् ।

टेस्लाले यसअघि नै भारतीय बजारमा प्रवेश गर्ने तयारी गरेको थियो । तर, सन् २०१८ मा केही सरकारी नियमका कारण सम्भव हुन नसकेको एलन मस्कले बताएका थिए ।

भारतमा अहिले मारुती सुजुकी, हुन्डाइ, टाटा र महेन्द्रालगायतको अटो बजार रहेको छ । पछिल्ला २ वर्षयता टाटा, हुन्डाइ, मोरिस गराजेस र मर्सिडीजले नयाँ विद्युतिय कार बजारमा ल्याएका छन् ।

टेस्लाको मोडेल ३ कार अहिले विश्वकै उत्कृष्ठ विद्युतिय कारका रुपमा मानिएको छ ।



नयाँ