arrow

विदेशबाट आउने कफी ३०० प्रतिशत महंगो !

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
coffiee-himalayan.jpg
काठमाडौं। तपाईँ कफी पिउनुहुन्छ ? यदि पिउनुहुन्छ भने तपाईँले आफूले पिउने कफी कुन देशको ब्राण्ड र कुन मुलुकबाट नेपाल भित्रिएको भन्ने याद गर्नुभएको छ ? भन्सार विभागको तथ्याङ्क अनुसार अहिले नेपालमा विभिन्न प्रकृतिका कफीहरू गरी कूल ८८ हजार ३२ किलो कफी आयात हुने गरेको छ। जुन भन्सार विभागले दिएको तथ्याङ्क अनुसार रकममा हेर्दा ४ करोड ९२ लाख ८८ हजार रूपैयाँ बराबर हुन आउँछ। यो मात्राको कफी नेपालमा चालू आर्थिक वर्ष २०७२-७३ को पहिलो १० महिनामा भित्रिएको हो। जसबाट सरकारलाई १ करोड ९६ लाख ४८ हजार रूपैयाँ राजश्व आम्दानी भएको छ। 
 
यसरी नेपालमा आयात गर्ने कफीहरू झण्डै डेढ दर्जन मुलुकबाट आयात हुन्छ भने सोही बराबरको देशमा निर्यात पनि हुने गरेको छ। विभागको तथ्याङ्क अनुसार प्रशोधन गरिएको र नपोलिएको कफी विश्वका १२ मुलुकबाट आयात गरिने गरिएको छ। त्यस्तै, प्रशोधन गरिएको  भुुटेकोे कफी ७ वटा, बोक्रा सहितको कफी मात्रै पनि १२ मुलुबबाट आयात हुने गरेको छ। 
 
अर्को तर्फ निर्यातलाई हेर्दा हामीहरू प्रशोधन नगरिएको, नपोलिएको कफी ११ मुलुकमा निर्यात गर्छौ भने, प्रशोधन गरिएको  नपोलिएको कफी, प्रशोधन गरिएको  भुटेको कफी र बोक्रा सहितको कच्चा कफीलाई क्रमशः १३ मुलुक, ८ मुलुक र पाँच वटा मुलुकमा निर्यात गर्ने गरेका छौं। 
 
त्यसो त, नेपाली उत्पादनलाई गुणस्तरीय रहेको भन्दै कफीको हकमा विदेशमा समेत नेपाली उत्पादनहरू बढी माग हँदै आईरहेको छ। तर, नेपालको हकमा भन्दा बिदेशी कफीको तुलनामा नेपाली कफी सस्तो पर्नेहुँदा पनि विदेशी कफी नै आयात गरिनुलाई कफी उत्पादकहरू चिन्ताको विषय रहेको मान्दछन्। यता भन्सारको मुल्यलाई हेर्ने हो भने पनि नेपाली उत्पादन विदेशी उत्पादनभन्दा झण्डै तीन सय प्रतिशत सस्तो पर्ने देखिन्छ।
 
प्रशोधन गरिएको भुटेको कफी बेलायतबाट यो १० महिनामा ३ लाख ३१ हजार रूपैयाँबराबरको आयात भएको थियो जुन २ सय ३२ केजी हो। यो मुल्य नेपालको भन्सारमा आईपुग्दा प्रतिकेजी १४ सय २६ रूपैयाँ पर्न आएको छ। तर, सोही प्रकृतिको कफी नेपालबाट बेलायत लैजाँदा ३ सय ९३ रूपैयाँ प्रतिकेजी हुन आउँछ।  तर, यसरी सस्तो दरमा पाइने कफी पनि बेलायतमा भने त्यती धेरै जाने गरेको देखिँदैन । पहिलो १० महिनामा यो यस्तो प्रकृतिको कफी जम्मा ६१ केजी मात्रै नेपालबाट बेलायत निकासी भएको विभागले जनाएको छ। 
 
त्यसो त नेपालले निर्यात गर्ने गर्ने कफी आयात भन्दा धेरै रहेको देखिएको छ। ७७ हजार ३ सय ९ किलो विभिन्न प्रकृतिको कफीहरू नेपालबाट निर्यात हुने गरेकोमा यसको कूल मुल्य जोड्दा सात करोड ९६ लाख ७४ हजार रूपैयाँबराबरको कफी निर्यात भएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार विश्व बजारमा कफीलाई चार वर्गमा विभाजन गरेर विक्री वितरण गरिँदै आईएको छ । जसमा प्रशोधन गरिएको तर नपोलिएको कफी, प्रशोधन गरिएको र भुटेको कफी, बोक्रा सहितको कच्चा कफी र प्रशोधन नगरिएको नपोलिएको कफी नेपालमा आयात तथा निर्यात हुने गरेको छ। 
 
यसबाट हामी के निष्कर्षमा पुग्न सक्छौ भने नेपालीहरूमा सस्तो र गुणस्तरीय भन्दा पनि सानको लागि विदेशी ब्राण्डका महंगा कफी उत्पादनहरू नेपाल भित्र्याउने चलन रहेको छ। तर, विश्व बजारले भने नेपाली उत्पादन खोजीरहेको छ। 
कसरी हुन्छ यस्तो महंगो ?
 
भन्सार विभागका निर्देशक विनोदशरण आचार्यका अनुसार यस्तो शुल्क भन्सार एजेण्टले तोक्ने शुल्क, विदेशबाट आयात गर्दा लाग्ने खरिद शुल्क, इन्स्योरेन्स शुल्क र यातायात खर्च समेत जोड्दा महंगो पर्ने गरेको छ। उनका अनुसार आयात गर्ने सामानमा भन्सार कर लाग्ने भएकोले एजेण्टले भने अनुसार भन्दा पनि लागतको यथार्थ विवरण माग गरिने भएकोले यो सही तथ्याङ्कमा आउँछ र यी तीन शीर्षकको रकम थप गर्दा त्यस्तो धेरै अन्तर आउने गरेको हो। भन्सारमा निर्यातको विवरण हेर्दा नेपाली कफीको माग विश्वमा बढ्दै गएको स्पष्ट हुने पनि आचार्यको बुझाई रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ