arrow

वर्षको सर्वोकृष्ठ फुटबलर राजु तामाङ सम्मानित

एकेडेमीलाई फुटबल सामाग्री सहयोग

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
raju-tamang-new-,,.JPG.jpeg
काठमाडौँ । जूनियर फुटबल एकेडेमी (जेएफए)ले नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर राजु तामाङलाई सम्मान गरेको छ । बालुवाटारस्थित आफ्नै एकेडेमीमा जेएफले अखिल नेपाल फुटबल सघं (एन्फा)बाट सर्वोत्कृष्ठ खेलाडी घोषित भेट्रान फुटबलरलाई सम्मान गरीएको हो । केही साता अघि मात्रै एन्फाले प्रधानमन्त्रीबाट राजुलाई २५ लाखको चेक हस्तान्त्रण गरी सम्मान गरेको थियो । 
 
त्रिभुवन आर्मी क्लबका खेलाडी समेत रहेका तामाङलाई जेएफका सस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रिले दोसल्ला तथा फुलमाला लगाई सम्मान गरे । क्षेत्रीले देशका लागि लामो समय त्याग र योगदान गरेका तामाङलाई राज्यले कदर नगरेपनि एन्फाको सम्मानले तामाङ र युथ फुटबलरलाई हौसला मिल्ने बताए । 
 
उनले भने, ‘राजु जस्ता खेलाडीलाई सम्मान गर्न पाउदा जुनियर फुटबलर उत्पादनमा थप हौसला मिल्नेछ ।’ फुटबलर तामाङले जुनियर खेलाडी अनुशासित भएर प्रशिक्षण गर्दै देशका लागि उत्कृष्ट फुटबलर बन्न शुभकामना दिए । सो अवसरमा एकेडेमीका अविभावक समिर थापाले प्रशिक्षणका लागि फुटबल सामाग्री प्रदान गरे । थापाले एकेडेमीका प्रशिक्षक क्षेत्रीलाई करिब २० हजार बराबरको प्रशिक्षण सामाग्री प्रदान गरेका थिए । 



नयाँ