arrow

ज्ञान बिना मनुष्य पशु समान

logo
अशोक सक्सेना, लेख,
प्रकाशित २०७७ पुष १४ मंगलबार
spirituality.jpg

सन्त ब्रह्मानन्दजीको एउटा भजन छ- खाना पीना सो जाना, सब काम है पशु समाना। क्यों देह मनुज की धारी, हरि भजन करो सुखकारी॥
आज सारा मानव समाज जीवनको सुख-सुविधाहरूका लागि चिन्तित छन्, जसमा भोजन, आवास र सम्मानको चिन्ता, उपक्रम र संघर्ष मुख्य छ। यो कुनै नराम्रो कुरा पनि होइन । जब भगवानले मनुष्य शरीर दिएको छ, भने जीवित रहनको निम्ति भोजन, वस्त्र र आवासको व्यवस्था गर्नु त मनुष्यको कर्तव्य हो । जसलाई पूरा गर्नमा बुद्धि लगाउनु पर्दछ, तर कवल सारा बुद्धि यहि कार्यमा खर्च गर्न लाग्यो भने फेरि मानव शरीरको बहुमूल्यता, यसको चमत्कारिक उपलब्धि कसरी मनुष्यले सम्झन सक्ने छ? लाग्दछ मनुष्य धर्मको बारेमा यति संकीर्ण र कूप-मण्डूप भएको छ उसले धर्मको लागि विराटलाई सम्झन, जान्नको निम्ति आफ्नो मन र बुद्धिको खास तयारी गर्न पर्ने छ।

आज संसार धर्मको नाममा अन्धविश्वासी, कट्टर र अन्धभक्त बनेको छ ।  बिस्तार-बिस्तारै उसले अधर्मलाई नै धर्मको चोला पहिराई दिइरहेको छ, चाहे त्यसको पछाडि कति नै अत्याचार, अन्याय, अशान्ति र आतंक फैलिरहेको होस् । ईर्या-द्वेष, आपसी मतभेद र रक्तपात, धार्मिक, साम्प्रदायिक विद्वेषकै परिणाम हो। अत: शिक्षा, विज्ञान र प्रविधिको विकासले पनि समाजको मानसिकतालाई बदलाउन सकेको छैन अनि यसैकारण धर्म र मानयताको नाममा दुनियाँ लगातार अन्धकारमा, अज्ञानताको विस्फोटक अभिशापहसमा कैदी बन्न विवश छ । यो सबै देखेर आजको नयाँ पीढि, आजका नानीहरू र नवयुवकहरू पनि भ्रमित भइरहेका छन । उनीहरु आफ्नो मानवीय संस्कृति, मानव-दर्शन र मानवतावादी विचारहरूदेखि टाढा भइरहेका छन्।

तब धर्म के हो?, धर्मको क्षेत्र के हो?, यसको असली चित्र के हो? धर्म दर्शन हो, विज्ञान हो या जीवनको कला? मूर्तिपूजक होस् वा कर्मकाण्ड विरोधी अथवा नास्तिक सबै हिन्दू हुन्। बौद्ध धर्ममा हीनयान र महायान, इस्लाम धर्ममा सिया, सुन्नी र अनेक हाँगाहरू छन, भने ईसाई धर्ममा केथोलिक, प्रोटेष्टेन्ट आदि शाखाहरु छन, जसको आफ्नो-आफ्नो अलग व्याख्याहरू र भिन्नताहरू छन् । मनुष्यको जन्मदेखि लिएर मरणसम्म कुनै पनि काम चाहे त्यो व्यक्तिगत होस, पारिवारिक या सामाजिक वा राजनैतिक सबै जाति र देशहरूमा धर्मको आस्था र प्रभाव देख्न पाइन्छ ।

यहाँसम्म कि मार्क्सवादी चीन र अन्य कम्युनिष्ट देशहरूमा पनि चाहे धर्म समाजको पृष्ठभूमिमा लोप भएको होस, तर पनि अप्रत्यक्ष रूपले कहि न कहि जीवनको विविध क्षेत्रमा धर्मको प्रभाव देखिन्छ नै । चाहे माक्र्स र माओ चीनको समाजको मानसलाई आन्दोलित गरे, तर उनीहरूको अचेतन र धर्मचेतन मनमा अझै पनि कनफ्यूशियस र लाओत्से बसेका छन्। मनुष्यको दैनिक कार्यहरुदेखि लिएर उसका  जीवनचर्याका कर्महरूलाई धर्मले कहिं प्रेरित गर्छ, भने कहि  रोक्छ । यहि हो समाजमा धर्मको अनुशासन र नियन्त्रण । धर्म मनुष्य जीवनलाई संयोजित र स्वस्थ राख्नको निम्ति बनेको छ।

 ईश्वरको सत्तालाई कण-कणमा देखाउनु धर्मको झल्को हो, भने यसको विराट-दर्शन समाजको एक-एक हृदय र मस्तिष्कसम्म व्यापक छ, फैलिएको छ । सूर्यलाई पानी चढ़ाउने,  झुट नबोल्ने, धोका नदिने सबै धर्म द्वारा प्रेरित छन् । धर्मले नै बताउँछ कि के गर्नु अनि के नगर्नु । सांसारिक जीवन मात्र होइन अपित पारलौकिक जीवनको पनि यो आधारशिला हो।

महर्षि  कणादले भनेका छन्-“यतोम्युदयानिः श्रेय संसिद्धः स धर्मः।" जसद्धारा यस लोकमा उन्नति अनि परलोकमा कल्याण (मोक्ष) प्राप्ति हुन्छ, त्यो धर्म हो । नानाप्रकारका वाद, दर्शन र  विचारधाराहरू धर्मको नाममा प्रचलित छन, भने विज्ञान तथा  भौतिकवादी विचारकहरूले धर्मको बीजलाई, मान्यता र त्यसको  आचरणलाई जरैदेखि नष्ट गर्न चाहे ।

कार्ल मार्क्सले रुसमा  एक समय देखे चर्चका पादरी केहि पैसा लिएर  सीधा-सादा मानिसहरुलाई स्वर्ग जाने ग्यारन्टी दिन्थे । त्यस्तो अन्यावश्वासा कामले उनलाई यति विचल्लीत पार्‍यो कि उनले आवेशमा आएर धर्मलाई अफिमको संज्ञा दिए । उनले धर्म एक नशा हो । जसलाई मानिसले केहि सोच-विचार नगरी आफ्नो जिन्दगीसम्म दाउमा लगाउँछ भने, जबकि त्यो सत्य थिएन ।

धर्म वास्तवमा यस्ता सारा असत्य अन्धकार वा अज्ञानलाई समाप्त गर्न परम सत्य हो, जसको अनुभव प्राप्त गर्ने अथक प्रयास अनि सद्गुरु चाहिन्छ। उनलाई थाहै थिएन भारतवर्षमा एक कर्मयोगी श्रीकृष्ण पनि आएका थिए, जसले  पाण्डवहरुका छिनिएका अधिकारहरू फिर्ता दिलाएर सत्यको  (मानव धर्म या मानव अधिकार) स्थापना गर्न महाभारतको  भीषण युद्ध लड़े। युद्धका प्रेरक तथा निर्णायक जुन तत्व-  ज्ञानले जीवनको महासत्यको उदघाटन गर्छ अनि कर्म गर्दै पनि  मनुष्यलाई ईश्वरीय सत्ताको सर्वव्यापकताको चेतनासंग जोडछ, त्यो चेतना सर्वशक्तिमान छ अनि सबैको हृदयमा व्यापक छ जसले सबै कुरा जान्दछ । त्यहि हो मनुष्यको निज रूप, उसको निजी शक्ति-सामर्थ्य या जीवन-चेतना, जसको बारेमा राम्ररी सम्झाउदै आइरहेका छन् भगवान श्रीकृष्ण जस्ता समयको वर्तमान तत्त्वज्ञानी सत्पुरुष।

मनुष्यको यो चेतना उसैको हृदयभित्र छ, तर मनुष्य निदाएको छ, अतः समाज या राष्ट्र पनि सुत्छ। सुतेको समाजले आँखा त खोल्छ, तर अन्धकारमा, अचेतनमा, अशान्तिमा, अज्ञानमा नै खोल्छ अनि दुःखी भएर छटपटाउँछ। आज बसमा, ट्रेनमा कहिं पनि सार्वजनिक स्थानमा या घरैमा कति अमानवीय प्रवृत्ति या विरोधी कृत्य देख्नमा आउँदछ । यो कुनै आश्चर्य होइन अपितु हाम्रो व्यवस्थाकै एक फल हो। मानव-व्यवस्था शासन या प्रशासन द्वारा होइन अपित मानवको निजी विचार, आचरण, कर्म, व्यवहार, मान्यताहरू र आपसी मेल-मिलाप द्वारा तय हुन्छ ।

 के यसको लागि हामीले कुनै तयारी गरेका छौं? शासन, प्रशासन, सरकारको आफ्नो-  आफ्नो क्षेत्र छ, तर यो हर नागरिकको जिम्मेदारी हो कि समाज जागरूक, सबल, सुखी र आनन्दमय होस्, यस्तो प्रयास र सद्भावना हाम्रो अवश्य हुन पर्दछ । धर्मज्ञ सत्पुरुषको साँचो दरबारसंग जुड़ेर हामीले आफूभित्र धर्मको (मानव चेतना) सूक्ष्म तत्त्वलाई अनुभव गरौं अनि त्यसको विराट शक्तिलाई मानव-समाजमा जागृत गर्नमा आफ्नो योगदान अवश्य दिउँ। भनिएको छ -
आहार निद्रा भय मैथुनं च, एतत समाना पशुभिर्नराणाम।
ज्ञाने नराणाम् अधिको विशेषो ज्ञानेन हीना पशुभिर्समाना।।

अर्थात् आहार, निन्द्रा, भय, सन्तान जन्माउनु आदि त पशुले पनि गर्छन्, तर मनुष्यको विशेषता उसले आफ्नो धर्मलाई जान्न सक्छ जसको बिना ऊ पशु समान छ।

संकीर्णता, एकलकाटेपन या कमजोरीको फल हो । जसै हामी सत्संगमा सत्यको सान्निध्य प्राप्त गर्दछौं, हामीभित्र सकारात्मक शक्ति आउँन थाल्ने छ । हामी आफ्नो खानु-पिउनु, सुत्नु आदि कर्महरूको साथ-साथै आफ्नो जीवनको धडकनको लयलाई पनि सम्झन थाल्नेछौं। परिवर्तन आउन थाल्छ । परिवर्तन आउन पर्छ । दैनिक जीवनमा परिवर्तन हर पल आइरहन्छ, तर जब हामी धर्मको पूरा सत्यसंग जडने छौं । तब सखद परिवर्तन हुन सक्छ, नत्र सारा प्रगति, विकास र सुविधाहरु भएर पनि आपसी वैमनस्य, ईर्ष्या-द्वेष, अशान्ति, आतंकवादको अन्धकारलाई रोक्न कठिन हुनेछ। सृष्टिमा घाम झुल्के समान नै सत्यपुरुषहरूको उदय पनि हुन्छ । उनीहरू समाजलाई आत्माको ज्ञान दिन आउँदछन् जुन ज्ञानले सूर्य, चन्द्रमा, तारा र अग्नि सबै

निराशा, अन्धकार, दु:ख या अशान्ति हाम्रो तुच्छता, प्रकारको प्रकाशहरूलाई पैदा गर्दछ, जुन शाश्वत तथा सनातन छ जसमा समस्त सृष्टि समाहित छ। यस सूक्ष्म र चैतन्य  विज्ञानलाई पढनु, सुन्नु, सम्झनु र आत्मसात गर्नु आजको युगमा मानवीय चिन्तकहरु र प्रेमीहरुका लागि अति आवश्यक छ।

एक श्रोत्रिय ब्रह्मनिष्ठ सद्गुरुले हामीलाई इश्वरको प्रेमसंग जोडिदिनेछन्। युगौं-युगदेखि सद्गुरुले हामीलाई शाश्वत प्रेम पाउने तरीका बताउँदै आएका छन् । सद्गुरुले हामीलाई ब्रह्मविद्याको क्रियात्मक अभ्यास गर्नु सिकाउँछन् । जब मुमुक्षु आत्मज्ञानी गुरुको शरणमा जानेछन् उनले जन्म जन्मको भव रोगबाट मुक्त गरिदिनेछन् । मानव शरीरलाई भोगहरूमा व्यर्थ नगुमाएर यसको वास्तविक चमत्कारसंग  (अध्यात्म) अवगत गराउने छन्।



नयाँ