arrow

लाभबेला दुईपटक भएको यस्तो हुनेछ बुधबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ पुष १५ बुधबार
rashifal-horoscope.jpg

आजको पञ्चांग
आज मिति २०७७ पुस १५ गते बुधबार, इस्वीसंवत डिसेम्वर ३० तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष शुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज मार्गशीर्ष शुक्लपक्षको पूर्णिमा तिथि रहनेछ । आज आद्रा नक्षत्र, विष्कुम्भादि योगमा ब्रह्म, करणमा बालब, आनन्दादि योगमा मुशल रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २५ घटि ५३ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५६ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १७ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज पनि दिन र समय शुभ छ । व्यवसायिक प्रगति भइ राम्रो धनार्जन हुनेछ । आत्मसन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय भइनेछ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग छ । उद्यमशिलताको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुने र आत्मबल बढ्ने छ । आँट साहसले कार्य सम्पादन गर्न सकिने छ ।  

वृषः आज पनि समय अत्यन्तै खराब छ । बोलिचाली एवं व्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन सृजना हुन सक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्ने छ, हृदयका दीर्घरोगीहरूले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपयुक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ ।

मिथुनः आज पनि स्वास्थ्य राम्रो छ । जोस जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जान पहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रतिष्ठा बढ्ने छ । भगवान श्री सूर्यजीको सेवा आराधना गर्नाले उपलब्धि वृद्धि हुनेछ ।

कर्कटः आज पनि समय खराव रहनेछ । दिनभर होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुन सक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी सम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको  काममा विलम्ब हुने तथा अबरोध आइपर्न सक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवं अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्न सकिने छ ।

सिंहः आज सिंह राशिका लागि समय शुभ छ । दिन खुशी एवं उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थ्पिन सक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुन सक्ने छ । कार्यक्षेबाट हैसियत एवं औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर तथा समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । 

कन्याः आज पनि समय मध्यम खालको छ । खर्च बढ्न सक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजस पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवं संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ ।

तुलाः आज पनि स्वास्थ्य तथा दिन राम्रो रहनेछैन । विलासी प्रवृति बढ्ने गोचर परेको छ । तर पनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुन सक्ने छ । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापार कर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्य्विशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज तपाइँँले भैरव देवको स्तुति गर्नु शुभप्रद रहनेछ ।

वृश्चिकः आज समय खराब छ । आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुन सक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ ।

धनुः आज पनि समय राम्रै रहनेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाज सेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवं नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ । आज भगवान श्री सूर्य नारायणको श्रद्धाभक्ति शुभ हुनेछ ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्न सकिने तथा व्यवहारिक प्रगति एवं स्याबासी मिल्ने र यशकृति पनि बढ्ने छ । 

कुम्भः आज समय खराब नै रहनेछ । आज पूर्व दिशाको यात्रा सकभर नगर्नुहोला । वाणीमा दोष लाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । सामाजिक कार्यमा केही अवरोध पनि नआउला भन्न सकिन्न । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहन सक्ने कुरालाई पनि नकार्न सकिन्न । भगवान सूर्यको सेवा आराधना गरिएमा अनिष्ट दोषलाई हटाउन मद्धत हुनेछ ।

मीनः आज पनि समय खराब रहनेछन् । आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज पूर्व दिशाको यात्रा ठीक छैन ।

साइतः आज चन्द्रमा मिथुन राशिमा छन् । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६ः५२ बजेदेखि         ८ः१० बजेसम्म        लाभ बेला
बिहान ८ः१० बजेदेखि         ९ः२८ बजेसम्म        अमृत बेला
बिहान ९ः२८ बजेदेखि         १०ः४६ बजेसम्म        काल बेला
बिहान १०ः४६ बजेदेखि        १२ः०५ बजेसम्म        शुभ बेला
बिहान १२ः०५ बजेदेखि        १ः२३ बजेसम्म        रोग बेला
दिनमा १ः२३ बजेदेखि           २ः४१ बजेसम्म        उद्धेग बेला
दिउँसो २ः४१ बजेदेखि            ३ः५९ बजेसम्म        चर बेला
दिउँसो ३ः५९ बजेदेखि            ५ः१७ बजेसम्म        लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



नयाँ