- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
टिस्टुङ । अहिले देशैभर चिसो छ । चिसोले गर्दा धारामा पानी नै जम्न थालेको छ भने सिँचाइ गर्दा पनि पानी जमेको छ । त्यस्तै भएको छ मकवानपुरको थाहा नगरपालिकामा पनि ।
चिसो मौसमका कारण स्प्रिङ्कल प्रविधिबाट सिँचाइ गर्दा पानी जमेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू९भागका एक९दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राति गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बुधबारको न्यूनतम तापक्रम
बुधबार काठमाडौंमा मंगलबारको तुलनामा थोरै तापक्रम बढेको छ । मंगलबार यो वर्षकै सबैभन्दा चिसो थियो । तापक्रम १।१ डिग्री रहेकामा बुधबार भने बढेर २ डिग्री पुगेको छ ।
अन्य क्षेत्रमा सबैभन्दा कम जुम्लामा बढेर माइनस ७।५, डडेलधुरामा १।७, वीरेन्द्रनगरमा ३.३ डिग्री पुगेको छ ।
दिपायलमा २, धनगढीमा ५, नेपालगञ्जमा ५.४, भैरहवामा ७.६ तथा सिमरामा ८.४ डिग्री पुग्यो ।
अधिकतम तापक्रम मंगलबारकै हाराहारीमा हुने पनि महाशाखाले जनाएको छ । मंगलबार सबैभन्दा बढी जनकपुरमा २५.२ तथा सिमरामा २४.५ डिग्री सेल्सियस रहेको थियो ।
अधिकतममा सबैभन्दा कम लुम्लेमा १३.५ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकामा १७।१ डिग्री सेल्सियस रहेको थियो ।