arrow

बजेट राष्ट्र निर्माणका लागि ल्याइएकाले कार्यान्वयन हुनेमा जोड

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Bishnu-Paudel.jpg.jpeg
काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले अहिले शूनय दशमलब ७७ प्रतिशतमा खुम्चेको आर्थिक वृद्धि आगामी आवमा ६.५ प्रतिशत पु¥याउने लक्ष्य प्रस्तुत बजेटले राखेको बताएका छन‍् । 
 
आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री पौडेलले भूकम्प, नाकाबन्दी तथा त्यसले सिर्जना गरेको प्रतिकूलताका साथै प्रशासनिक कमीकमजोरीले गर्दा अहिले आर्थिक वृद्धि खुम्चेको बताए । 
 
उनले बजेटले संविधान कार्यान्वयन र पुनःनिर्माणलाई विशेष महत्व दिएको बताउँदै बजेट राष्ट्र निर्माणका लागि ल्याइएकाले कार्यान्वयन हुनेमा जोड दिए । 
 
मन्त्री पौडेलले स्थानीय निकाय, गाविस, नगरपालिकामा खर्च दोब्बर बनाइएको बताउँदै यसले स्थानीय कृषि, पर्यटनका क्षेत्रको विकासका लागि सहयोग पु¥याउने र रोजगारी वृद्धि भई देशको आर्थिक वृद्धिदरलाई बढाउने विश्वास व्यक्त गरे । 
 
उनले युवा जनशक्तिलाई विदेश जानबाट रोक्न सरकारले बिनाधितो ऋणको व्यवस्था गरेको प्रष्ट पार्दै युवा–युवतीलाई लक्ष्य गरी उनीहरुको परियोजनाका आधारमा ऋणको व्यवस्था गरिएको बताए । 
 
उनले देशका ऊर्जा विकासका लागि ठूला जलविद्युत् आयोजनामा सरकार र जनताले संयुक्त लगानी गर्ने वातावरण निर्माणका लागि सरकारले महत्व दिएको बताउँदै सरकारले ५१ प्रतिशत तथा सर्वसाधारण जनता र गैरआवासीय नेपालीको ४९ प्रतिशत सेयर लगानी गर्न सक्ने व्यवस्था गरिएको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ