arrow

नेपाललाई एजुकेशन हब बनाउनुपर्नेमा सरोकारवालाको जोड

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
Ecannnnn.jpg.jpeg
काठमाण्डौ । नेपालमा शैक्षिक विकासका प्रशस्तै आयाम भएपनि यहाँ विदेशी विद्यार्थी भित्र्याउनका लागि राज्यले पर्याप्त ध्यान नदिएको शिक्षासँग सरोकार राख्ने संस्था तथा व्यक्तिले गुनासो गरेका छन् । शनिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्याब्सन, एन प्याब्सन, हिसान, ईक्यान, अभिभावक संघ लगायत सम्बन्ध व्यक्तिहरुले नेपाललाई शैक्षिक पर्यटन विकासको बाटोमा लैजानुपर्नेमा जोड दिएका हुन् । उनीहरुले शैक्षिक शिक्षाको मात्रामा भन्दापनि गुणस्तरियतामा बढि ध्यान दिईनुपर्ने धारणा राखेका थिए । 
 
कार्यक्रममा बोल्दै नेपाल शैक्षिक पारमर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले नेपालमा राम्रा शैक्षिक संस्था भएपनि राज्यले विदेशी विद्यार्थी नेपाल भित्र्याउनका लागि आवश्यक नीति र सुविधाको व्यवस्था गर्न नसक्दा आफुहरुले चाहेर पनि नेपाललाई शैक्षिक हबका रुपमा विकास गर्न नसकेको गुनासो पोखे । 
 
नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको छ भनेर राज्यले नै विश्वमा सन्देश प्रवाह गर्नुपर्ने उनको भनार्इं छ । नेपालमा शैक्षिक सुरक्षाका लागि आवश्यक नीति  र कार्यक्रम नल्याएसम्म विदेशी विद्यार्थी नेपाल आउन कठीने हुने पाण्डेको विश्लेषण छ । अध्यक्ष पाण्डेले चार दिनसम्म चल्ने उक्त मेलाम झण्डै एक लाख ५० हजार अवलोकनकर्ता आउने दाबी समेत गरे । 
 
उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले अन्य मुलुकबाट राम्रा विद्यार्थी ल्याउनका लागि पनि इक्यानले पहले गर्नुपर्ने बताए । दशौँ ईक्यान शैक्षिक मेलाको सफलताको शुभकामना दिदै सिलवालले नेपाललाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नका लागि ईक्यानका साथै राज्यले गहन जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । 
 
छिमेकी मुलुक भुटान, माल्दिभ्स, अफगानिस्तान जस्ता मुलुकमा पर्याप्त शैक्षिक संस्था नभएकाले ति मुलुकबाट विद्यार्थी ल्याएर पढाउन सकिने सिलवाको दाबी छ । प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले नेपाललाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्नकसा लागि राज्यले नै बहस चलाउनुपर्ने बताए । 
 
नेपालकै निजी विद्यालयलाई अनावश्यक नीति नियम लगाएर प्रताडित बनाएको आरोप लगाउँदै उनले भने–‘विदेशी शैक्षिक संस्थाले नेपालमै आएर मन लाग्दी शुल्क उठाउँदा सरकार चुप लागेर बस्छ, तर मुलुकभित्रका शैक्षिक संस्थालाई भने अनेक बहानामा दुःख दिन्छ ।’ नेपाललाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्नका लागि प्याब्सन तयार रहेको उनको भनाई छ । 
 
एन प्यावसनका अध्यक्ष कर्णबहादुर शाहीले पनि नेपाललाई शैक्षिक हबका रुपमा विकास गर्न सकिए पनि यसका लागि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । सरकारले मुलुकभित्र संचालित निजी शैक्षिक संस्थाको योगदानलाई कदर गर्न नसक्ने तर विदेशी शैक्षिक संस्था नेपाल आएर मनलाग्दि पैसा असुलेर विद्यार्थी भर्ना गर्दा कुनै नियमन गर्न नसकेको शाहीको आरोप छ ।
 
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले नेपाल भौगोलिक रुपमा शैक्षिक गन्तव्यका लागि अनुकुल भए पनि सरकारले भौतिक पूर्वाधारको विकास गर्न नसक्दा यो कठीन भएको बताए । उनले प्रश्न गरे–“मुलुकभित्र नै शैक्षिक सुरक्षा नभएर नेपाली विद्यार्थी विदेश पढ्न जान बाध्य भएको बेलामा नेपाललाई शैक्षिक गन्तव्य बनाउने बहस कति प्रभावकारी हुन्छ ।  सरकार र ईक्यानले सहकार्य गर्न सके नेपाल शैक्षिक गन्तव्य बन्न सक्ने उनको भनाई छ । 
 
ईक्यानका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले नेपालका शैक्षिक परामर्शदाताहरुले अरबौँको लगानी गरेको बताउँदै राज्यले यस क्षेत्रलाई अनावश्यक दुःख दिने गरेको आरोप लगाए । यस्ता कार्य तत्काल बन्द गर्न बरालले सरकारलाई चेतावनी समेत दिए । यसअघिदेखि नै नेपाललाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नुपर्छ भनेर आवाज उठाउँदै आएका बरालले सो कुरा पुनः दोहो¥याए ।
 
बरालले आफूहरुले सरकारलाई वार्षिक रुपमा २० करोडको आयकर तिरेको बताए । उनले शैक्षिक परामर्शमा झण्डै १५ हजारले रोजगारी पाएको समेत दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ