arrow

अमेरिकाले अफगानिस्तानमा थप सेना पठाउनसक्ने

logo
प्रकाशित २०७३ जेठ २९ शनिबार
ashton-carter_3324665b.jpg.jpeg
वासिङ्टन । अफगानिस्तानमा अमेरिकाले थप सैन्य विस्तार गर्नसक्ने सङ्केत गरेको छ । शुक्रबार अमेरिकी रक्षामन्त्रीले सो सङ्केत गरेका हुन्  । अमेरिकी रक्षामन्त्री आस्तोन कार्टरले शुक्रबार सो सङ्केत दिएको शनिबार प्राप्त समाचारमा जनाइएको छ । 
 
उनले स्पष्ट रुपमा अफगानिस्तानमा अमेरिकी सैनिक पठाइने विषय नभने पनि अमेरिकाले अफगानिस्तानमा अहिलेको भन्दा थप र प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने बताए । 
 
उनले भने , अफगानिस्तानको शान्ति व्यवस्थाका लागि अमेरिकी सेनाको ठूलो योगदान छ र आगामी दिनमा थप भूमिका निर्वाह गर्नसक्छ । तालिबान विरुद्धको कारबाहीका लागि अमेरिकाले थप बल पनि पठाउने तयारी गर्नसक्छ । 
 
यस अभिव्यक्तिसँगै यसअघि अमेरिकाले अफगानिस्तानमा विस्तारै अहिलेको सैनिक सङ्ख्यालाई पनि घटाउने र अफगान मिसनबाटै फिर्ता हुनसक्ने भनी गरेको गतवर्षको प्रतिबद्धताबाट अमेरिका पछि हटेको अनुमान गरिएको छ । 
 
शुक्रबारमात्र अमेरिकी राष्ट्रपतिबाट अफगानिस्तानका विषयमा नयाँ प्रस्ताव पास भएको छ । त्यस प्रस्तावबमोजिम अब अमेरिकाले अफगानिस्तानमा लागि हवाई सेना प्रयोग गर्न पाउने छ । अमेरिकाले अफगानिस्तानको परम्परागत सेनासँग मिलेर अब हवाई कारबाहीका कामहरु अघि बढाउन सक्ने अनुमति सो प्रस्तावले दिएको छ । 
 
यसअघि अमेरिकी सेनाले अफगानिस्तानमा युद्धग्रस्त क्षेत्रमा गई कारबाही गर्ने नभई तालिवान हतियारधारीहरुका विरुद्धमा अफगानिस्तानको सेनालाई सहयोग र तालिम मात्र प्रदान गर्ने अधिकार थियो । यसअघि नेटो सेनाको नेतृत्व गरेको अमेरिकाले पछिल्लो समयमा नेटोका सबै देशले आफ्ना सेना फिर्ता गरेका थिए । 
 
सन् २०१४ को अन्त्यसँगै नेटो सेना अफगानिस्तानबाट फर्किएपछि त्यहाँ रहेको अमेरिकी सेनाले अफगान सेनालाई तालिम मात्र दिँदै आएको छ । अमेरिकी रक्षामन्त्रीको यो अभिव्यक्तिसँगै अब अमेरिकाले अफगानिस्तानमा थप सेना पनि पठाउनसक्ने सङ्केत मिलेको अधिकारीहरुका दाबी रहेको छ । 
 
यस विषयमा अफगानिस्तानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अफगानिस्तानले भने हाल त्यहाँ रहेका दश हजार भन्दा केही बढीको सङ्ख्याका अमेरिकी सेनालाई पनि अमेरिका फर्काइने बताउदै आएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ