arrow

सलमानको फिल्म ‘राधे’ २ सय ३० करोड रुपैंयाँमा विक्री 

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
radhe.jpg

एजेन्सी । सन् २०२१ को इदमा रिलिज हुने भनिएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’ २ सय ३० करोड रुपैंयाँमा विक्री भएको खबर बाहिरिएको छ ।

भारतीय अखबारहरुका अनुसार उक्त फिल्म जी स्टुडियोसँग २ सय ३० करोड रुपैंयाँको सम्झौता भएको हो । कोरोना महामारीका कारण रिलिज पछाडी धकेलिएको फिल्मको केही भाग लकडाउन पछि पनि छायांकन भएको थियो ।

हालै मात्र उनले आफ्नो जन्मदिनका अवसरमा सञ्चारमाध्यमसँग कुरा गर्दै संभव भएसम्म इदमा रिलिज गर्ने योजना रहेको बताएका थिए । प्रभु देवाले निर्देशन गरेको फिल्म फिल्ममा रणदीप हुड्डा, ज्याकी श्राफ र दिशा पटानी प्रमुख भूमिकामा छन् ।

कोरियन ‘द आउटलज’को रिमेक फिल्मलाई  भारत र ओभरसिजको थिएट्रिकल, म्यूजिकल र डिजिटल राइट्स जी स्टुडियोलाई विक्री गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ