एजेन्सी । युरोपियन च्याम्पियनसिप युरोकप फुटबल २०१६ फ्रान्समा जारी छ । फ्रान्सका विभिन्न १० शहरमा समूह चरणका खेल हुँदै छन् । पहिलो खेलमा आयोजक फ्रान्सले रोमानियाविरुद्ध सनसनीपूर्ण जित हासिल गर्दै विजयी सुरुवात गरिसकेको छ । अबको केही समय विश्व फुटबलको ध्यान युरोकपले खिच्ने छ ।
यद्यपि, फ्रान्समा गत वर्ष नोभेम्बरमा भएको आतंकवादी हमलाले सवै रंगशालामा उर्लदो मात्रामा दर्शक देखिएलान् भन्नेमा कतिपयले शंका गरेका छन् । केही दिन अघि मात्रै केही खेलाडीले समेत आफ्ना परिवारका सदस्यलाई नजान भनेका थिए । यद्यपि, फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओलान्दले उच्च सतर्कताको लागि निर्देश गरेसंग फ्रान्सको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
२०१५ नोभेम्बरमा आतंकवादीले राजधानी पेरीसमा आक्रमण गरेका थिए । फ्रान्सको स्टेड डे मा भइरहेको मैत्रीपूर्ण फुटबलबीच पेरिसमा भएको आतंकवादी हमलाकै कारण पनि यसपटक सुरक्षा व्यवस्था चुस्त पारिएको हो ।
यसपटक कति दर्शक ?
आयोजक फ्रान्सले यसपटक कम्तिमा पनि १३ लाख दर्शकले रंगशालामै फुटबल हेर्ने आँकलन गरेको छ । प्रत्येक म्याचमा सरदर ४५ हजार दर्शक रहने अनुमान छ । खास गरी फाइनलमा कति दर्शक हुन्छन् भन्ने आँकलन अझै भएको छैन । कियभमा हुने स्वीडेन र इङ्गल्याण्डको खेलमा सबै भन्दा बढी दर्शक हुने अनुमान गरिएको छ ।
फाइनलमा अहिले सम्मकै उच्च दर्शक
युरोकपको इतिकासमा हाल सम्म फाइनलमा सबैभन्दा बढी दर्शक उपस्थिति रहेको रेकर्ड स्पेनको मड्रिडको छ । स्पेनले सन् १९६४ मा आयोजना गरेको युरोकपको फाइनलमा आयोजक स्पेन र शोभियत युनियनबीचको खेलमा सर्वाधिक १ लाख ५० हजार दर्शक रहे । युरोकपको एउटै खेलमा यति धेरै दर्शक रहेको यो हाल सम्मकै एक मात्र रेकर्ड हो । शान्टियागो बर्नबेउ स्टेडियममा भएको ले स्पेनले २–१ ले जितेको थियो । १४ डिसेम्बर १९४७ मा उद्घाटन भएको स्टेडियमको क्षमता सुरुवातमै ८१ हजार ४४ दर्शक अट्ने थियो । पछि १९८२ र २००१ मा जिर्णोद्धार भयो भने, १९५३, १९९२, १९९४ र २०११ मा विस्तारको काम भइरहयो । । बर्नबेउ चर्चित फुटबल मैदान मध्यको एक हो । तीन पटक भन्दा बढी युरोपियन कप फाइनल, सन् २०१० को च्याम्पियन्स लिग फाइनल, १९६४ युरोपियन नेशन्स कप र १९८२ को फिफा वर्ल्डकप खेलाइएको स्टेडियम हो बर्नबेउ ।
सवैभन्दा कम दर्शक भएको फाइनल
सबै भन्दा कम दर्शक रहेको फाइन खेल युरोकपको पहिलो संस्करण थियो । १९६० मा फ्रान्सले आयोजना गरेको पहिलो च्याम्पियनसिपमा सहभागि चार टोली मध्ये शोभियत युनियनले इतिहास रच्दै पहिलो उपाधि जित्यो । युगोस्लाभिया उपविजेता बन्दा फ्रान्स अन्तिम बन्यो । फाइनल खेल पार्क डे प्रिन्समा भएको थियो । जहाँ हाल सम्मकै कम १८ हजार दर्शक थिए । सो मैदानको क्षमता भने ४८ हजार ७ सय १२ थियो ।