काठमाडौं। फ्रान्समा जारी युरो कप फुटबल प्रतियोगिता अन्तर्गत समुह 'ए'को खेलमा स्विट्जरल्याण्डले अल्बानियालाई १-० गोलले पराजित गरेको छ।
खेलको ५औं मिनेटमा पाएको करनरलाई हेड मार्फत फाबियान सायरले गोल गर्दै स्विट्जरल्याण्डलाई १ गोलको अग्रता दिलाएका थिए। उक्त गोल नै अल्बानिया बिरुद्ध ३ अंक जोड्न प्रश्सत रहेको थियो।
स्विट्जरलयाण्ड बिरुद्ध अल्बानियाले केही राम्रा आख्रमणहरु गरेको भए पनि गोल भने गर्न सकेको थिएन्। स्विट्जरल्याण्डले पनि केही राम्रा आक्रमणहरु गरेता पनि अल्बानियाका गोल किपरले बिफल तुल्याएका थिए।
खेलको ८७औं मिनेटमा अल्बानियाका शेलजेन घासीले पाएको राम्रो मौका स्विस गोलकिपरले उत्कृष्ठ बचाउ गरेका थिए। गोलकिपरलाई मात्र छक्याउनु पर्ने स्थितीमा घासीको प्रयस गोलकिपरले असफल तुल्याईदिएका थिए।
३६औं मिनेटमा अल्बानियाले आफ्ना कप्तानलाई गुमाएको थियो। दोस्रो पहेंलो कार्ड पाउँदै लोरिक काना मैदानबाट बाहिरिएका थिए। उनले समुह चरणको दोस्रो खेल खेल्न पाउने छैनन्।
समुह 'ए'बाट फ्रान्स र स्विट्जरल्याण्डले १-१ खेल जित्दै समुहमा क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन्।