ईङल्याण्ड र रुसको खेल शुरु हुनु अघि फ्रेन्च शहरमा दंगा
प्रकाशित २०७३ जेठ २९ शनिबार
2.1k
Shares
एजेन्सी। फ्रान्सको मार्सले शहरमा रुसका समर्थक र ईङल्याण्ड टोलीका समर्थक बिच भएको झगडा जारी रहेको छ। आज युरो २०१६ अन्तर्गत ईङल्याण्ड र रुसका बिच समुह चरणको खेल रहेको छ।
दुवै टोलीका समर्थक बिच लगातार झगडा भैरहेको र फ्रेन्च प्रहरीले अश्रु ग्याँसको प्रयोग गरि हुललाई तितर बितर गरे पनि फेरि दुवै टोलीका समर्थक भिडिरहने गरेका छन्। फ्रेन्च प्रहरीलाई उक्त हुल हुज्जत रोक्न हम्मे परिरहेको छ। रुसका समर्थकले ईङल्यान्डका समर्थकलाई हुलहुज्जत शुरु गरेको आरोप लगाईरहेका छन् भने ईङल्याण्डकाले रुसकालाई हुलहुज्जत शुरु गरेको आरोप लगाईरहेका छन्।
दुवै तिरका दर्जनौं समर्थक घाइते भएका छन्। भुईमा लडेकाहरुलाइ समुहमा आक्रमण गरिरहेको स्थितीमा केहीको स्तिती चिन्ताजनक पनि रहेको छ। गत राति ईङल्याण्डका समर्थकहरुले दिनभरी रक्सी पिएपछि साँझ पख हुलहुज्जत गरेका थिए। उक्त झगडा बढ्दै जाँदा शहरै अशान्त हुने स्थितीमा पुगेको छ।