arrow

समसुङका उपाध्यक्ष ली जा योंगलाई भ्रष्टाचार मुद्धामा नौ वर्ष जेल सजाय

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
samsung-.png

काठमाडौं । समसुङका उपाध्यक्ष ली जा योंगलाई ९ वर्षको जेल सजायको सामना गर्नु परेको छ । दक्षिण कोरियाली मोबाइल एवं इलेक्ट्रोनिक कम्पनीका उपाध्यक्ष योंगलाई पूर्व राष्ट्रपति पार्क जेन हाइको पतनका लागि घुसखोरी गरेको आरोप लागेको थियो ।

यो आरोपमा उपाध्यक्ष योंगविरुद्ध मुद्दा चलाउनेहरु(अभियोजक)ले ९ वर्षको जेल सजाय माग गरेका हुन् । मुद्दाको अन्तिम सुनवाइ जनवरी १८ का लागि तोकिएको छ ।

अभियोजकले दक्षिण कोरियामा समसुङको ठूलो शक्ति रहेको कारण यो समायावधि कटौती हुने भन्दै आलोचना गरेका छन् ।

सन् २०११ देखि सन् २०१७ सम्म दक्षिण कोरियाकी पहिलो महिला राष्टपति रहेकी पार्क गेउनलाई  भ्रष्टाचारसम्बन्धी मुद्दामा सन् २०१८ मा २४ वर्ष जेल सजाय तोकिएको थियो । पूर्व राष्ट्रपति पार्कसँगै भ्रष्टाचारमा संलग्न रहेको आरोप योंगमाथि थियो ।

यसै मुआरोपको मुद्दाको अन्तिम सुनुवाइ सन् २०२१ को जनवरी १८ लाई तोकिएको छ । योंगलाई अदालतले दोषी ठहर गरायो भने उनलाई जेल सजाय हुने छ । ६८ वर्षीया पूर्वराष्ट्रपति पार्क अहिले जेल सजाय भोगिरहेकी छन् ।

गत अक्टोबरमा समसुङका अध्यक्ष एवं उपाध्यक्ष योंगका बुवाको मृत्यु भएपछि अहिले समसुङका मुख्य व्याक्ति पनि उपाध्यक्ष योंग नै हुन् ।



नयाँ