काठमाडौं। फ्रान्समा जारी युरो २०१६ फुटबल प्रतियोगिता अन्तर्गत समुह 'बी'को खेलमा वेल्सले स्लोभाकियालाई २-१ गोलले पराजित गरेको छ।
रियाल मड्रिडका स्टार खेलाडी गारेथ बेलले १०औं मिनेटमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए। बेलले आफ्नो ट्रेडमार्क गोल फ्रि-किकबाट गरेका थिए।
पहिलो हाफमा १-०को अग्रता लिएको वेल्सलाई ६१औं मिनेटमा स्लोभाकियाका ओन्ड्रेज डुडाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ८१औं मिनेटमा वेल्सका रोबसन कानुले गोल गर्दै खेललाई २-१ बनाएका थिए। त्यही २-१ नै निर्णायक स्कोर रहेको थियो।
स्लोभाकियाका ५ खेलाडीले पहेलो कार्ड पाएका थिए भने वेल्सले फेयर प्लेको नमुना पस्किंदै कुनै कार्ड बिना आफ्नो खेल पुरा गरेको थियो।
दुवै टोलीले पहिलो पटक युरोमा सहभागिता जनाएका हुन्। वेल्सले सन् १९५८मा विश.वकप खेलपछि कुनै पनि ठूलो प्रतियोगितामा छनौट भएको थिएन्। त्सयैगरि स्लोभाकियाले सन् २०१०को विश्वकप खेलको थियो भने युरो पहिलो पटक खेल्दै छ।