arrow

युरो २०१६: रुसको अन्तिम समयको गोलले ईङल्याण्डले अंक बाँड्यो

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
EURO_ENG_RUS1.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारी युरो २०१६ फुटबल प्रतियोगिता अन्तर्गत समुह 'बी' को ईङल्याण्ड र रुस बिचको खेल  १-१ गोल हुँदै बराबरी भएको छ। 
 
खेलको ७३औं मिनेटमा एरिक डायरले फ्रिकीक मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उक्त अग्रता ९०औं मिनेटसम्म जारी रहे पनि थप समयको अन्तिम मिनेटमा रुसले गोल फर्काउँदै खेल १-१को बराबरीमा पुर्‍याएको थियो। 
 
रुसकालागि कप्तान डेनिस ग्लुस्काकोभले गोल गरेका थिए। 
 
ईङल्याण्डले केही राम्रा आक्रमणहरु गरेको भएता पनि गोल गर्न सकेन। खेलमा रुसमाथि ईङल्याण्डले निरन्तर दबाब बनाएर राखेको थियो। रुसले पनि केही मौका पाएको थियो जुनको सदुपयोग हुन नसक्दा रुसले नतिजा आफ्नो पक्षमा पार्न सकेन्। 
 
उक्त बराबरीका साथै दुवै टोलीले १-१ अंक प्राप्त गरेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ