arrow

नेपालका गाउँगाउँमा अष्ट्रेलियाको एनएडिएफ 

logo
प्रकाश हुमागाई,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
nadf-australia.jpg

सिड्नी । पर्सा जिल्लाको झुप्रो बस्ती अलौ र सुगौलीका दलित र विपन्नहरू, मंसीरको पारिलो घाममा पनि निराश अनुहार लाएर बसेका थिए । एकातिर कोरोना महामारीका कारण आयस्रोत ठप्प भएको अवस्था, अर्कोतिर मुखैमा आएको तिहार र छठ जस्तो महत्वपूर्ण चाड । सधै छाक टार्न धौधौ हुने यी विपन्न परिवार कोभिड महामारीका कारण चॉडबाडको वेला चरम दुःखको अवस्थामा रहेका थिए । अष्ट्रेलियामा रहेको प्रजातन्त्रवादीहरूको पुरानो संस्था नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरम (एनएडिएफ) ले यो खवर सुन्ने वितिक्कै स्थानिय पत्रकार चन्द्रकिशोरको समन्वयमा तुरुन्तै २५८ घर परिवारलाई राहत सामग्री उपलव्ध गरायो । उनीहरूका पेटमा तातो दालभात पर्यो भनेको सुनेर यताका सहयोगी मुहारदेखि मनसम्मै खुसी छायो । 

मंसिर दोश्रो हप्ता, कालीकोटको राँचुलीमा भिषण आगलागी भयो, धेरै घर डढेर खरानी भए । राज्यसंयन्त्र निरिह भएको र पिडितहरू आकाशलाई ओढ्ने र जमिनलाई ओछ्यान बनाएर करिव करिव रित्तो पेट सुत्ने अवस्थामा रहेको खवर एनएडिएफका उपाध्यक्ष हरिभक्त अधिकारी (ह्यारी)को कानसम्म पुग्यो । उनले तुरुन्तै अध्यक्ष सुरेन्द्र सापकोटा र कोषाध्यक्ष प्रज्जवल भट्टराई लगायतसंग सल्लाह गरि तरुण दल महासचिव भुपेन्द्रजंग साहीलाई सहयोगको निम्ति समन्वय गर्न आग्रह गरे । सोही बमोजिम पिडितहरूलाई टेन्ट, स्लिपिंग ब्याग र नगद उपलव्ध गराईयो । आगलागी पिडितले टेन्ट भित्र स्लिपिंग ब्याग ओढेर सुत्न पाए भन्ने खवर सुन्दा सिड्नीमा बढ्दै गएको उखरमाउलो गर्मीमा पनि आफ्नो मनले शितल महसुस गरेको ह्यारीले हाम्राकुरालाई बताए । 

आफु जन्मेको माटो र मातृभूमिका जनता दुःख पिडामा पर्दा प्रवासिएका मनहरू कति चर्किन्छन् र सहयोगका हात कति छिटो अघि बढ्छन् भन्ने व्यवहारमै प्रमाणित गरिदिएको छ एनएडिएफले । मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोट, सुदुरपश्चिमको विकट जिल्ला कालिकोट, तराईको पर्सा, रौतहट र सर्लाहीमा कोभिड १९का कारण रोजगारी गुमाएका र दैनिक समस्या भोगिरहेका विपन्न समुदायका घरपरिवारलाई चामल, दाल, नुन, तेल र मास्कदेखि नगदसम्मका सहयोग गरेको एनएडिएफका अध्यक्ष सापकोटाले हाम्राकुरालाई वताए। 

त्यसो त कोरोना महामारीका कारण बेरोजगार भई जनजिवीका चलाउन पनि निकै अप्ठेरोमा पनि परेका नेपालीहरूलाई सहयोग गर्ने उद्धेश्यले संस्थाका उपाध्यक्ष हरिभक्त अधिकारीको संयोजकत्वमा एक समिति गठन गरी विभिन्न व्यक्ति र संस्थावाट  रकम संकलन गरिएको र संकलित रकमलाई नेपालका विभिन्न क्षेत्रमा पठाईएका महासचिव भिष्म भण्डारीले हाम्राकुराडटसंगको कुराकानीमा वताए। 

अष्ट्रेलियालाई कर्मभूमि बनाएका र यस सस्थासँग प्रत्यक्ष र परोक्ष रुपमा आबद्ध साथीहरु र सुभेच्छुकहरुको सहयोगी हात र भरपर्दो साथले गर्दा नै सो संस्थाले लिएको उद्देश्य प्राप्त हुन सकेको एनएडिएफकी कल्चरल कोअर्डिनेटर अन्जना वस्नेत कार्कीले हाम्राकुरालाई बताइन्। कार्की पछिल्लो समय नेपाली समुदायदेखि अष्ट्रेलियन स्थानिय राजनीतीमा समेत निक्कै सकृय महिलाको रूपमा चर्चित छिन् । 

शताव्दीको सबैभन्दा ठुलो मानवीय संकट कोभिड महामारीका कारण बेरोजगारी, भोक र रोगले पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडामा मल्हम लगाउने उदेश्य राखी नेपलिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमले दुइ महिना अघि भाइबर ग्रुप बनाइ आर्थिक संकलन र नेपालमा राहत वितरणको कार्य शुरु गरेको एनएडिएफ पव्लिक अफिसर हरिकृष्ण अधिकारीले हाम्राकुरालाई जानकारी दिए। 

समस्या धेरैतिर धेरै किसिमको भएपनि सबैतिर पुग्न सम्भव नभएको तर यो कठिन घडीमा साथीहरुको सहयोग र हाम्रो सानो प्रयासबाट सयौं भोका पेटहरुमा दालभात पुर्याउन सकिएकोमा भने हामी सन्तुष्ट छौ, कोषाध्यक्ष प्रज्जवल भट्टराईले भने। 

संस्थाको  मूल्य र मान्यतालाई अङ्गीकार गर्दै यहाको नेपाली समाजको मात्र होइन मातृभूमि नेपालको सामाजिक शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा बेलाबेलामा सक्दो आर्थिक तथा भौतिक सहयोग गर्दै आएको यो संस्थाले कोभिड २०१९ को महामारीबाट प्रभावित बिपन्न नेपालीहरुलाई खाद्यान्न  उपलब्ध गराएको जानकारी गराउन पाउदा खुसी लागेको एनडिएफद्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ। 

नेपालीका लागि केहि न  केहि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले एनएडीएफको २० अक्टोबरमा सिड्नीमा बसेको कार्यसमितिको बैठकले आर्थिक संकलन गर्ने र नेपालका विभिन्न जिल्लामा राहत वितरण गर्ने निर्णय गर्यो । बैठकले सस्थाका उपाध्यक्ष हरिभक्त अधिकारीको संयोजकत्वमा एक समिति गठन गर्यो र उक्त अभियानलाई विभिन्न व्यक्ति तथा सस्थागत रूपमा जम्मा १२ हजार ३७ डलर १६ सेन्ट आर्थिक संकलन भएको थियो । संकलित रकममा ११ हजार ८ सय ६१ अस्ट्रेलियन डलर बराबरको संकलित रकमबाट तराई र पहाडका ५ जिल्लाका ८ सय ९ घरपरिवारलाई खाद्यान्न सहित राहतका सामाग्री वितरण गरिएको थियो । 
एनएडिएफले नेपालीहरूको मुख्य चाड तिहार र छठ अगाडी कार्तिक २३र२४ र मंसीर २६ मा पर्सा जिल्लाको क्रमशस् अलौ, सुगौली र लक्ष्मीपुरमा २५८ दलित तथा विपन्न घर परिवारलाई  प्रति घर परिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, मास्क र नुन वितरण गरेको जानकारी थियो। 
यसैगरी मंसिर ४ मा रौतहटको गरूडामा १६० दलित तथा विपन्न घरपरिवारलाई खाध्यान्न राहत वितरण गरिएको थियो भने सर्लाही जिल्लाको चन्द्रनगरमा १०५ दलित घर परिवारलाई चामल, दाल, नुन, तेल मास्क वितरण गरिएको थियो । 

फोरमले कार्तिक २८ मा जाजरकोटको भेरी नगरपालिका अन्तरगत खलंगाको गौरीखालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्याको स्याउली बजारमा ३३ घर परिवार सहित १०३ विपन्न तथा गरिव परिवारलाई प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरिएको जानकारी गराएको छ । भेरी नगरपालिकाका १३ वटै लगत संकलन गरि राहत बाडिएको हो । 

मंसीर २२ मा कालिकोटको राचुलीमा १३ घर परिवार र मंसीर २३ मा मान्मामा १५० परिवारलाई प्रति परिवार ३० किलो चामल र ३ किलो दाल बितरण गरिएको थियो । कालिकोटकै राचुलीमा मंसीर १३ गते भएको आगलागीवाट पिडित १३ घर परिवारलाई प्रति परिवार २र२ वटा स्लिपिंग ब्याग, टेन्ट र नगद सहयोग गरिएको जानकारी एनएडिएफले दिएको छ। 

एनएडीएफले गरेको यो राहत कार्यक्रम मा पत्रकारद्वय चन्द्रकिशोर झा र जनक के सी, नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस तराई मधेश विभागका प्रमुख अजय चौरसियाको समन्वयमा सम्पन्न भएको थियो । एनएडिएफको सामाजिक कार्यमा पूर्व अध्यक्षहरू सुरेन्द्र सिग्देल, अजय शिवाकोटी, महेन्द्र लम्साल, दिनेशराज जोशी, डिल्ली ढकाल, छिरिंग लामा र विवेक थापाको सकृयता अहिलेपनि उत्तिकै रहेको र अहिलेको राहत विरण कार्यमा पनि सहयोग रहेको उपाध्यक्ष माधव गैरेले वताए।

स्मरण रहोस्, एनएडिएफको नेतृत्वमा रहेकाहरुले नै एनआरएन अष्ट्रेलियाको नेतृत्वमा प्रजातान्त्रिक पक्षधरको तर्फवाट प्रतिष्पर्धा गर्ने वा स्टेरिंग कमिटी मार्फत नेतृत्वमा पुर्याउने नजिर रहदै आएको छ । आगामी एनआरएनए निर्वाचनमा समेत एनएडिएफकै नेतृत्वमा रहिसकेका पूर्व अध्यक्षले नै प्रजातान्त्रिक पक्षको तर्फवाट एनआरएन अध्यक्षमा नेतृत्वका लागि प्रतिष्पर्धामा जाने संभावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ