arrow

नेकपा विवाद प्रदेश दुईमा सर्‍यो, संसदीय दलका नेता मण्डलबिरुद्ध अविस्वासको प्रस्ताव दर्ता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
satyanarayan-mandal.JPG

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय तहमा देखिएको विवाद बागमती प्रदेश र प्रदेश १ हुँदै प्रदेश २ पुगेको छ ।

प्रदेश २ मा नेकपाको प्रचण्ड–माधव समूहले हाल नेकपा प्रदेश २ का संसदीय दलका नेता रहेका सत्यनारायण मण्डल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

उनलाई दलको नेताबाट हटाउँन १७ जना सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । हस्ताक्षर दलका उपनेता रामकुमार यादवलाई बुझाइएको छ । मण्डल केपी ओली समूहका हुन् ।

प्रदेश २ मा नेकपाका ३२ जना सांसद रहेकोमा आफ्नो समूहमा २० जना रहेको प्रचण्ड–माधव पक्षको दाबी छ । तर अविश्वासको प्रस्तावमा भने १७ जनाले हस्ताक्षर गरेका छन ।

‘१७ जनाको हस्ताक्षरसहित मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका छौं, दलको आइतबारको बैठकले नयाँ नेता चयन गर्छ,’ प्रचण्ड–माधव समूह निकट प्रदेशसभा सदस्य शत्रुघन महतोले संचारकर्मीहरुसँग भने ।

मण्डल बिरुद्धको अविश्वास प्रस्तावमा प्रदेश २ का सांसहरु गोविन्दबहादुर न्यौपाने, रुबी कर्ण, प्रमिलादेवी यादव, रामकुमार यादव, प्रमोद यादव, अशोक यादव, मदनशेशप्रसाद श्रीवास्तव, जगत यादव, सत्रुध्न महतो, भरतप्रसाद साह, मन्जुकुमारी यादव,  बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्रराय यादव र सुन्दरबहादुर विश्वकर्माको हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ